आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

देउवालाई दुई महामन्त्रीको सुझाव : एसपीपीको च्याप्टर क्लोज गर्नुस्

देउवालाई दुई महामन्त्रीको सुझाव : एसपीपीको च्याप्टर क्लोज गर्नुस्

  • मिडिया डबली
  • सोमवार, आषाढ ६ २०७९

  • 3.5K
    SHARES

  • देउवालाई दुई महामन्त्रीको सुझाव : एसपीपीको च्याप्टर क्लोज गर्नुस्

    काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को च्याप्टर क्लोज गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

    सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति समेत रहेका देउवालाई भेटेर महामन्त्रीद्वयले यस्तो आग्रह गरेका हुन्। एसपीपीमा नेपाल आवद्ध हुन नसक्ने भनी अमेरिकालाई पत्राचार गर्न महामन्त्रीद्वयले देउवालाई आग्रह गरेका थिए।

    ‘एसपीपीको च्याप्टर क्लोज गर्ने हिसाबले सरकारले पत्रचार गरोस् भने सुझाव दिएका छौं,’ महान्त्री शर्माले भने। अमेरिकी सेनाको एसपीपी कार्यक्रमका कारण नेपालमा विवाद भइरहेको छ।

    प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको चर्चा भइरहँदा एसपीपीले विवाद निम्त्याएको छ। तर, परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपीमा नेपाल सहभागी नहुने प्रतिवद्धता जनाएका छन्। सत्ता गठबन्धनको बैठकमा समेत देउवाले एसपीपीमा नेपाल आवद्ध नहुने बताएका थिए।

    महामन्त्रीद्वयले देउवासँग नीति महाधिवेशन, भातृ संस्थामा तदर्थ समिति गठन, केन्द्रीय समितिको बैठक लगायत विषयमा समेत छलफल गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend