काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफू तत्कालै प्रधानमन्त्री बन्न योग्य रहेको बताएका छन्।
कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने इट्स माइ शोमा बोल्दैै गगनले प्रधानमन्त्री बन्न योग्य रहेको बताएका हुन्। उनले आगामी निर्वाचनपछि सबै पूर्वप्रधानमन्त्रहरुलाई प्रधानमन्त्री नबन्न आग्रह समेत गरेका छन्।
‘नेपालका जतिपनि पूर्वप्रधानमन्त्री हुनुहुन्छ। अब यो चुनाव पछि कोही पनि व्यक्ति, जुन सुकै पार्टीको होस्। उहाँहरु प्रधानमन्त्री भएर थप गुन लगाइदिनुपर्ने कारण छैन।
उहाँहरुको नेपालको राजनीतिमा ठूलो योगदान छ,’ उनले भनेका छन्, ‘तर, संविधान ल्याइदिनुभयो। तपाईहरुले बनाएको जमिनमा हामी आयौं नयाँ साथीहरु आउनुभएउको छ। अब हामीलाई मौका दिनुस् न एक पटक। हाम्रो जेनेरेसनका साथीहरु प्रतिस्पर्धा गर्छौं। सक्यौं भने डेलिभर गर्छौं। सकेनौं भने हामीलाई हराएर अर्को आउँछ।’ तपाई प्रधानमन्त्री बन्न योग्य हुनुहुन्छ भन्ने प्रश्नमा गगनले भनेका छन्, ‘अफकोर्स, एस।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।