आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

संसदमा छाए गगन थापा, प्रतिपक्षी दलका सांसद फिका सावित

संसदमा छाए गगन थापा, प्रतिपक्षी दलका सांसद फिका सावित

  • मिडिया डबली
  • बुधवार, जेठ २५ २०७९

  • 10.2K
    SHARES

  • संसदमा छाए गगन थापा, प्रतिपक्षी दलका सांसद फिका सावित

    काठमाडौं - केही दिनयता प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका नेता गगन थापा छाएका छन् । जनताका हरेक समस्याबारे उनले संसदमा खरो ढंगले उठाउने गरेका छन् ।

    जनताका पीरमर्का, दुःख मात्र होइन, सरकारले ल्याएको बजेटमा भएका राम्रा योजनाको पनि उनले खुलेर तारिफसमेत गरेका छन् । थापाको अघि विपक्षी दलका सांसदसमेत फिका सावित भएका छन् । सोमबारको संसद बैठकमा थापाले इम्बोस्ड नम्बरबारे जनताको पीडा बोले ।

    बुधबार किसानका पक्षमा बोले । उनले सरकार समयमा मल दिन नसक्ने, अनि सीमापारिबाट बोरामा ल्याउने कृषकहरुलाई लाठीले ठोक्ने, बुटले हान्ने भन्दै सचेत गराए ।

    ‘हामी किसानलाई मल दिन पनि सक्दैनौ अनि सिमनामा किसानले ल्याएको मल रोकेर बहादुरी देखाउँछौ । यो हाम्रो सामूहिक असफलता हो,’ थापाले भने । यस्तै, उनले पछिल्ला दिन काठमाडौं उपत्यकाका सडकमा थुप्रिएको फोहोरको व्यवस्थापनबारे सरकारलाई घच्घच्याउँदै आएका छन् ।

    काठमाडौंको फोहोर सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्र व्यवस्थपन हुन नसक्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई पहलकदमी लिन आग्रह गरेका छन् ।

    उनले काठमाडौँ महानगरपालिकाको फोहरमुक्त काठमाडौँ बनाउने अभियानलाई सक्रिय रुपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन् ।

    प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले फोहोर व्यवस्थापनमा कानुनी अड्चन फुकाउन प्रधानमन्त्रीले नै विशेष पहल लिनुपर्ने खाँचो औँल्याए ।

    ‘काठमाडौँको फोहोर व्यवस्थापनमा सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाले गरिरहेको काममा मद्दत गर्नु हामी सबैको कर्तव्य हो । कतिपय कुरा दुइटा निकायले चाहेर मात्रै गर्न सम्भव छैन । स्रोत साधन र कानुन नियमको गाँठो फुकाउन प्रधानमन्त्रीज्यूले नै विशेष पहल लिन आग्रह गर्दछु,’ उनले भने ।

    सरकारले आफ्नो कर्तव्य पूरा गरेसँगै नगरवासीले पनि महानगरपालिकाको आह्वानबमोजिम स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्याएर राख्नुपर्ने सांसद थापाको भनाइ छ ।

    फोहोरमुक्त काठमाडौँ अभियानलाई सफल बनाउन महानगरसँग जोडिएका अन्य नगरपालिका र सम्पूर्ण वडाहरुले सङ्घसंस्थाको साथमा काम अघि बढाउन पनि आग्रह गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend