आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गगन थापाले किन गरे बालेन र रामकुमारीको प्रशंसा ?

गगन थापाले किन गरे बालेन र रामकुमारीको प्रशंसा ?

  • मिडिया डबली
  • मंगलवार, जेठ २४ २०७९

  • 9.9K
    SHARES

  • गगन थापाले किन गरे बालेन र रामकुमारीको प्रशंसा ?

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहको प्रशंसा गरेका छन् ।

    उनले प्रतिनिधिसभा बैठकमै बालेन र रामकुमारीको प्रशंसा गरेका हुन् । काठमाडौंका सडकमा थुप्रिएको फोहोर व्यवस्थापनका विषयमा दुवै जनप्रतिनिधिले उल्लेख्य भूमिका खेलिरहेको भन्दै महामन्त्री थापाले मंगलबारको संसद् बैठकमा बालेन र रामकुमारीको प्रशंसा गर्दै आफू काठमाडौंकै सांसद भएकाले सहयोग गर्न तयार रहेको बताए ।

    ‘हिजोका जनप्रतिनिधिले राम्रो काम गरिदिएको भए आज काठमाडौं उपत्यकाको सडकमा जताततै फोहोर थुप्रिदैनथ्यो । वर्तमान सहरी विकास मन्त्री र काठमाडौं मेयरले राम्रो प्रयास गर्नुभएको छ । म उहाँहरूको कामको प्रशंसा गर्न चाहन्छु,’ थापाले भने ।

    उनले अहिले काठमाडौं वरिपरिको सडक फोहोरले भरिएको भन्दै हिजोको नेतृत्वले राम्रो काम नगरिदिएकाले यस्तो अवस्था आइरहेको उल्लेख गरे ।

    फोहोर व्यवस्थापनका विषयमा अहिलेको काठमाडौं महानगर र सहरी विकास मन्त्रालयको नेतृत्वले उचित निर्णय लिइरहेको भन्दै प्रशंसा पनि गरे ।

    फोहोर व्यवस्थापन गर्न सहरी विकास मन्त्रालयको बजेटले नपुग्ने भन्दै उनले यस वर्ष काठमाडौंमा फ्लाइओभर र अन्डरपास नबनाउन सुझाव दिए ।

    फोहोर व्यवस्थापन गर्न अर्बौ रुपैयाँ चाहिने भएकाले उनले फ्लाइओभर र अन्डरपासको काम थाती राखेर फोहोर व्यवस्थापनमा जुट्न आग्रह गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend