काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसीर वा फागुनमा हुने बताएका छन्।
भक्तपुरमा निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै थापाले पार्टीका नेता–कार्यकर्तालाई प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जुट्न आग्रह गरेका हुन्।
उनले केही दिन भित्रै सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर वा फागुनमा कहिले गर्ने भनेर निर्णय गर्ने बताए।
‘प्रदेशभा र प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुट्नुस्, हामीसँग समय धेरै छैन,’ उनले भने। उनले स्थानीय चुनावबाट कांग्रेसले धेरै सिट जितेको मात्र नभई मत पनि बढेको बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।