काठमाडौं - तनहुँमा कोभिडबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने र मास्क वितरण गर्ने जिम्मा नेपाल तरुण दलले पाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले यसबारे जानकारी गराएका हुन् ।
जिल्लामा स्वस्थ्य सामग्रीसहित कोभिडबाट जोगिन विभिन्न उपायहरूका बारेमा जनचेतना फैलाउने उदेश्यले मास्क पुर्याउने अभियान अन्तर्गत तनहुँ जिल्लाका सबै पालिकाहरु र अस्पतालहरुमा अक्सिजन कन्सन्ट्रेटर पुर्याइसकेको उनले बताएका छन् ।
केही दिनयता नेता पौडेलको अगुवाइमा तनहुँमा कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहज बनाउने अभियान चलेको थियो । पौडेलकै नेतृत्वमा काठमाडौंको इचंगुनारायणमा अक्सिजन बेडसहितको तीन सय शैयाको आइसोलेसन केन्द्र सञ्चालनमा आएको थियो ।
‘तनहुँका सबै वडाहरुमा मास्क वितरण गर्ने र कोभिडबाट बच्ने उपायहरुको बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी नेपाल तरुण दलको जिल्ला संयन्त्रले लिएको छ । यसका लागि नेपाल तरुण दल तनहुँ जिल्ला संयन्त्रलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । साथै कन्सन्ट्रेटर उपलब्ध गराउनुहुने नेपाल मेडिकल एसोसिएसन,अन्य सहयोगी मित्रहरु, विपद्को बेला सहयोग गर्नुहुने तनहुँ जिल्ला नेपाली कांग्रेस परिवार र सम्पूर्ण तनहुँबासीहरुप्रति हर्दिक आभार व्यक्त गर्न चाहन्छु,’ पौडेलले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।




मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।