काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले इदि अमिन र केपी ओलीमा कुनै फरक नभएको बताएका छन् ।
तनहुँमा बुधवार प्रशासनले रोकेको पुल उदघाटन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पौडेलले केपी ओलीले संविधान कानुन सवै आफै हुँ भन्ने अहंम देखाउन थालेको भन्दै इदि अमिन र उनीमा कुनै फरक नभएको बताए ।
उनले तनहुँका सिडिओ सागर आचार्यलाई तत्काल तनहुँबाट सरुवा मागेर जान पनि सुझाव दिए । उनले सिडियो आचार्यसंग सिडिओ हुने योग्यता नपुगेको भन्दै भाषणमा आगाडि भने– ‘सिडिओ साव अब तनहुँमा नबस्नुहोला ।
रामचन्द्र पौडेल जतिको मान्छेलाई मैले पुल उदघाटन गर्नबाट रोक्न किल्दैन भनेर माथिल्लो निकायमा भन्न सक्नुभएन । हिजो पुल उद्घाटन गर्नबाट रोक्न निषेधाज्ञा जारी गर्नुभयो, रामचन्द्र पौडेललाई पक्राउ गर्नुभयो । आज खै सकेको ? जनसागर देखेर डराउनुुभयो । त्यसैले तपाईसंग सिडिओ हुने योग्यता रहेनछ, अब तनहुँमा नबस्नुहोला ।’
उनले रामचन्द्र पौडेलमाथि योग्यता नपुगेको केटाकेटी सिडिओ र लोकतन्त्रका लागि कहिल्यै नलडेको एकजना ठेकेदार विचौलिया प्राविधिक कारण सांसद भएको मान्छे प्रहार गर्न हिम्मत गर्न नसक्ने भन्दै केपी ओलीले नियतबस पौडेलमाथि प्रहार गरेको बताए ।
उनले तनहुँका सांसद किसान श्रेष्ठ एक दिन पनि कष्टडीमा नपरेको पंचायतमा होइन गणतन्त्रमा पनि नलडेको भन्दै सम्पति शुद्धिकरण विभाग ओलीको कब्जामा हुदैनथ्यो भने छानविन सांसद श्रेष्ठबाट छानविन सुरु हुने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।