आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
आजको विशेष

गगन थापा र शेखर कोइराला सभापतिका उम्मेदवार भए कसले जित्ला ?

गगन थापा र शेखर कोइराला सभापतिका उम्मेदवार भए कसले जित्ला ?

  • मिडिया डबली
  • आइतवार, फाल्गुण १६ २०७७

  • 16.0K
    SHARES

  • गगन थापा र शेखर कोइराला सभापतिका उम्मेदवार भए कसले जित्ला ?

    काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौ पहिलो साता तोकिएको छ । संविधानअनुसार भदौभित्र कांग्रेसको महाधिवेशन गर्नै पर्ने हुन्छ । नत्र संवैधानिक संकट उत्पन्न भई वैधानिकता सकिन्छ ।

    नेपालको संविधानमा कुनै पनि राजनीतिक दलको महाधिवेशन पाँच–पाच वर्षभित्र सम्पन्न हुनुपर्ने उल्लेख छ । संविधानमा बाधा अड्काउ फुकाउ गरी ६ महिना थप म्याद गर्न सकिने उल्लेख भएकाले कांग्रेसले फागुनमै हुनुपर्ने महाधिवेशन सारेर भदौमा लगेको हो ।

    १४औं महाधिवेशनको मिति तोकिएसँगै नयाँ नेतृत्वको विषयमा जोडतोडले नेताहरू देश दौडाहामा लागेका छन् । खासगरी दोस्रो पुस्ता र तेस्रो पुस्ताका नेताहरू सभापतिका आकांक्षी देखिएका छन् ।

    वर्तमान सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.शशांक कोइराला, गोपालमान श्रेष्ठले सभापतिको उम्मेदवार बन्ने आकांक्षा राखेका छन् ।

    तर, डा.शेखर कोइराला र युवा नेता गगन थापाले पनि सभापतिको उम्मेदवार बन्ने बताएपछि कांग्रेसको १४औं महाधिवेशनमा रोचक भिडन्त हुने सम्भावना देखिएको छ ।

    यतिबेला गगन र शेखर दुवै जिल्ला दौडाहामा छन् । शेखरले साना साना भेटघाट र कोणसभामा आफूलाई प्रस्तुत गरिरहेका छन् भने गगन थापाले ठूल्ठूला आमसभामा सम्बोधन गरिरहेका छन् ।

    गगन थापाका हरेक आमसभामा मानिसको ठूलो भिड देखिएको छ । उनले कांग्रेसको संगठन बलियो बनाउन र आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत ल्याउन युवा पुस्ताको हस्तक्षेप आवश्यक रहेको भन्दै आफूहरू अघि बढिसकेको बताएका छन् ।

    उनको यो अभिव्यक्तिले आमकांग्रेसी मात्र होइन, शुभेच्छुक पनि उत्साहित देखिएका छन् । कांग्रेसको अबको सभापतिमा गगन थापा जस्ता युवाको अनुहार हेर्न नेपाली कांग्रेसका नेता कार्यकर्ता लालायित देखिएका छन् ।

    डा.शेखरको सक्रियता पनि कम छैन । उनले एकोहोरो आफूलाई सभापतिको उम्मेदवार भन्दै भेटघाटलाई तीव्र बनाएका हुन् । कोइराला परिवारबाट डा.शशांक कोइराला पनि सभापतिका आकांक्षी भएकाले शेखरलाई निकै ठूलो चुनौती छ ।

    त्यसमाथि रामचन्द्र पौडेलले कसलाई साथ दिन्छन् भन्ने विषयले पनि अर्थ राख्छ । शशांक र प्रकाशमान सिंहबीच शनिबार आगामी महाधिवेशनको विषयलाई लिएर भेटवार्ता भएको छ ।

    पार्टी समूहको बैठकमा सँगै उपस्थित भए पनि यी दुवै नेताबीच विरलै एक अर्काको घरमा भेटघाट हुन्छ । तर, आगामी महाधिवेशनले दुवैलाई एक ठाउँमा उभिने वातावरण सिर्जना गरिदिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend