आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
आजको विशेष

पौडेल पक्राउको घटना प्रधानमन्त्री ओलीका लागि महँगो पर्ने छ : गगन थापा

पौडेल पक्राउको घटना प्रधानमन्त्री ओलीका लागि महँगो पर्ने छ : गगन थापा

  • मिडिया डबली
  • बुधवार, मंसिर १७ २०७७

  • 10.1K
    SHARES

  • पौडेल पक्राउको घटना प्रधानमन्त्री ओलीका लागि महँगो पर्ने छ : गगन थापा

    काठमाडौं–   प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउको घटना प्रधानमन्त्री केपी शर्मा ओलीका लागि महँगो पर्ने चेतावनी दिएका छन्।

    पुल उद्घाटनका लागि गृहजिल्ला तनहुँ पुगेका पौडेललाई बुधबार प्रहरीले नियन्त्रणमा लिएपछि नेता थापाले प्रधानमन्त्री ओलीलाई यस्तो चेतावनी दिएका हुन्। उनले पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप नियोजित भएको बताएका छन्।

    पौडेलको गिरफ्तारीले सरकारको चरित्रलाई उदांगो बनाएको थापाको भनाइ छ। ‘नेका वरिष्ठ नेता पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, होइन।यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदांगो बनाएको छ। यो तपाईँका लागि निकै महँगो पर्नेछ,’ थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend