काठमाडौं - घुमिफिरी विष्णु पौडेल दोस्रोपटक अर्थमन्त्री बन्न सफल भएका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवलबाट दाङ सार्न पौडेलले अर्थमन्त्रीमा साटेको प्रस्ट देखिएको छ ।
केपी ओली पहिलोपटक प्रधानमन्त्री बन्दा पनि पौडेल अर्थमन्त्री थिए । अब साढे दुई वर्षसम्म पौडेलले नै अर्थमन्त्री चलाउने निश्चित छ । तिहारपछि मन्त्रिपरिषदको व्यापक पुनर्गठन हुने प्रचार गरिएको छ । तर, त्यसो हुँदा पनि अर्थमन्त्री भने परिवर्तन हुने अवस्था छैन ।
किनभने पौडेल नेकपाका महासचिव पनि हुन् । अहिले अर्थमन्त्री पाउनुमा बुटवलबाट स्थायी राजधानी सार्न सहमत भएकाले भए पनि पौडेल विवादको केन्द्रमा तानिएका छन् ।
बालुवाटारको आठ आना सरकारी जग्गा कीर्ते गरेर छोरा नवीन पौडेलको नाममा खरिद गर्न सफल भएका पौडेल सो खरिद अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेपछि विष्णु पौडेल पनि विवादमा तानिएका थिए ।
उनले सो जग्गा सुटुक्क फिर्ता गरेपछि अहिले अर्थमन्त्रीको पुरस्कार पाएका छन् । बालुवाटारको सरकारी जग्गा खरिदमा थुप्रै मुछिए पनि विष्णु पौडेललाई भने अख्तियारले नै जग्गा फिर्ता गरेको भन्दै उन्मुक्ति दियो ।
सोही जग्गा व्यक्तिको नाममा गर्न फाइल अघि बढाएको आरोपमा कांग्रेस नेता विजयकुमार गच्छदारको सांसद पद निलम्बनमा परेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।