आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राफिन्हाको ह्याट्रिकमा सेभिया स्तब्ध, बार्सिलोनाको सातौँ लगातार जित

राफिन्हाको ह्याट्रिकमा सेभिया स्तब्ध, बार्सिलोनाको सातौँ लगातार जित

  • मिडिया डबली
  • आइतवार, आश्विन ४ २०८३

  • 618
    SHARES

  • राफिन्हाको ह्याट्रिकमा सेभिया स्तब्ध, बार्सिलोनाको सातौँ लगातार जित

    काठमाडौँ - ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा गरेको उत्कृष्ट ह्याट्रिकको मद्दतमा शीर्ष स्थानको बार्सिलोनाले स्पेनिस ला लिगामा सेभियामाथि सहज जित निकालेको छ।

    रामोन सान्चेज-पिज्जुआन स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली सेभियालाई ३–१ ले पराजित गर्दै शीर्ष स्थानमा आफ्नो अग्रता थप फराकिलो बनाएको हो।

    यस सिजन उत्कृष्ट लयमा रहेका २९ वर्षीय राफिन्हाले यस जितसँगै सबै प्रतियोगितामा आफ्नो गोल सङ्ख्या १४ पुर्‍याएका छन्। उनले यसअघि गत बुधबार रेसिङ सान्टान्डरविरुद्ध बार्सिलोनाले ७–२ को जित निकाल्दा पनि ह्याट्रिक गरेका थिए।

    खेलमा भने सुरुआती अग्रता घरेलु टोली सेभियाले लिएको थियो। खेलको १९औँ मिनेटमा फेलिक्स कोरेयाको क्रसमा युसुफ फोफानाले हेडमार्फत गोल गर्दै सेभियालाई १–० को अग्रता दिलाए।

    तर, सेभियाको अग्रता लामो समय टिकेन। त्यसको तीन मिनेटपछि नै राफिन्हाले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए।

    दोस्रो हाफमा युवा स्टार लामिन यमाल र राफिन्हाको जोडी थप प्रभावशाली देखियो। ५२औँ मिनेटमा यमालको सुन्दर क्रसलाई राफिन्हाले हेडमार्फत गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए।

    त्यसपछि ६९औँ मिनेटमा यमालकै उत्कृष्ट थ्रु-पासमा राफिन्हाले सेभियाका गोलरक्षक ओडिसास भ्लाचोडिमोसलाई बिट गर्दै सुन्दर चिप गोल गरे र आफ्नो ह्याट्रिक पूरा गरे। यो जितसँगै बार्सिलोनाले ला लिगामा लगातार सातौँ तथा सबै प्रतियोगितामा लगातार आठौँ जित हात पारेको छ।

    जितपछि बार्सिलोना ८ खेलबाट २१ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कायम छ। एक खेल कम खेलेका दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको रियल बेटिसभन्दा बार्सिलोना ६ अंकले अघि छ। पराजित सेभिया भने १३ अंकसहित तालिकाको पाँचौँ स्थानमा यथावत् छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन ४ २०८३१२:०२:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend