काठमाडौं– नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेश सभा सदस्य माननीय मीनकृष्ण महर्जनले कान्तिलोकपथ निर्माणका लागि एक भएर अघि बढ्नुपर्ने बताएका छन्।
ललितपुरमा आयोजित एक कार्यक्रममा उनले कान्तिलोकपथ (सातदोबाटो–हेटौंडा जाने सडक) स्तरोन्नतीका लागि सबै जनप्रतिनिधि एक भएर अघि बढ्नुपर्ने बताएका हुन्।
उनले ललितपुर क्षेत्र नम्बर १ र ३ का जनप्रतिनिधि पार्टी फरक भएपनि सडक स्तर उन्नतिका एक हुनुपर्ने आवश्यकता औल्याएका हुन्। गत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समयमा स्थानीयले कान्तिलोकपथ स्तारोन्नतीका लागि चर्को आवाज उठाएका थिए।
स्थानीयको भावना बुझेर जनप्रतिनिधिहरु सडकको स्तरोन्नतीलाई पहिलो प्राथमिकता साथ अगाडि बढ्नु पर्ने महर्जनको भनाइ छ। ‘सडक स्तरोन्नती नभएका कारण स्थानीय समयमा अफिस र आफ्नो गन्तब्य पुग्न सकेका छैनन्। गुनासो बढ्दो छ,’ महर्जनले भने।
सातदोबाटो हुदै हेटौंडा जाने बाटो निकै छोटो मानिन्छ। उक्त सडक स्तरोन्नती भए सातदोबाटोबाट हेटौंडा गाडीबाट २ घन्टामा नै पुग्न सकिन्छ। ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उदय शम्सेर राणा, बागमती प्रदेश सभा सदस्यमा मीनकृष्ण महर्जन निर्वाचित भएलगत्तै गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन सहित तत्कालीन अर्थमन्त्री बिष्णु पौडेल र अर्थ सचिव संग भेट गरेर यस विषयमा छलफल गरेका थिए।
यस्तै ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डाक्टर तोसीमा कार्कीले संसदमा यस विषयमा कुरा उठाएकी थिइन्। प्रदेश सांसद मीनकृष्णले कान्तिलोकथको स्तोरोन्तीलाई पहिलो प्राथमिकता राखेर पहलकदमी लिइरहेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।