काठमाडौं - गोदावरी नगरपालिकामा मेयर–उपमेयर सहित ११ वटा वडा नेपाली कांग्रेसले जित हात पारेको छ।
गोदावरी नगरपालिकामा १४ वटा वडा छन्। नेपाली कांग्रेस ललितपुर जिल्लाका प्रभावशाली नेता मीनकृष्ण महर्जनको कमान्डमा चुनावी अभियान सुरु भएको थियो।
महर्जनले विभिन्न उप कमिटी गठन गरेर चुनावी अभियानलाई तिव्र बनाएका थिए। नेता महर्जन चुनावी रणनीति अनुसार युवा परिचालन कमिटी आर्थिक कमिटी सल्लाहकार कमिटी बुद्धिजिवी कमिटी लगायत विभिन्न उप कमिटी गठन गरेर अभियान थालेका थिए।
चुनावी रणनीति उपनाउन माहिर मानिने नेता महर्जनको उक्त अभियान देखेर विपक्ष पार्टीका नेताहरु नै चकित पर्ने गर्छन् ।
यो क्षेत्र नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता नबराज सिलवाल, प्रदेश सांसद चेतनाथ संजेल, एमालेका मेयर गम्भीर रानाको क्षेत्र हो । उनीहरुले आफ्नो क्षेत्र गुमाए पछी बालकोटमा समेत तनाब भएको बताएइको छ ।
नेता महर्जन उक्त प्रशंसनिय काम देखेर प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा, उपसभापति पुर्ण बहादुर खड्का, प्रवक्ता डाक्टर प्रकाश शरण महतले पार्टीको तर्फबाट धन्यवाद दिएका थिए।
गोदावरी नगरपालिकामा मेयर गजेन्द्र महर्जन र उपमेयरमा मुना अधिकारीले ४ हजार भन्दा बढीले बिजय हासिल गरेका थिए। त्यस्तै कांग्रेसका वडा अध्यक्षका उम्मेदवार हरु वडा नम्बर १ मा श्रीराज थापा, वडा नम्बर २ मा मनोहर सिल्वाल, वडा नम्बर ४ मा सानुभाई नगरकोटी, वडा नम्बर ५ मा मिलन सिलवाल, वडा नम्बर ६ मा बिष्णुमान महर्जन, वडा नम्बर ७ मा मथुरा शर्मा, वडा नम्बर ९ मा आत्मराम थापा, वडा नम्बर १० मा शेखर न्यौपाने, वडा नम्बर ११ मा निल बहादुर देशार, वडा नम्बर१२ मा जगत बहादुर महर्जन र वडा १४ मा निरोज बज्राचार्यले जित हात पारेको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।