शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

नयाँ मन्त्री नियुक्त गर्नुअघि राष्ट्रपति भण्डारीलाई भेट्दै प्रधानमन्त्री देउवा, यस्तो गम्भीर कारण

नयाँ मन्त्री नियुक्त गर्नुअघि राष्ट्रपति भण्डारीलाई भेट्दै प्रधानमन्त्री देउवा, यस्तो गम्भीर कारण

  • मिडिया डबली
  • बिहिवार, आश्विन २१ २०७८

  • 4.4K
    SHARES

  • नयाँ मन्त्री नियुक्त गर्नुअघि राष्ट्रपति भण्डारीलाई भेट्दै प्रधानमन्त्री देउवा, यस्तो गम्भीर कारण

    काठमाडौं – सत्तारुढ दलमा मन्त्रालयको भागबण्डाको अन्तिम टुंगो लागेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मन्त्री नियुक्तिको अन्तिम तयारी गरेका छन् ।

    तर देउवाले नयाँ मन्त्री नियुक्त गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने भएका छन् ।

    नयाँ मन्त्रीको शपथ ग्रहण गराउने संघीय कानून नभएकाले त्यसबारे छलफल गर्न देउवाले राष्ट्रपतिलाई भोलि शुक्रबार बिहान भेट्ने स्रोतले जानकारी दिएको छ ।

    शपथको विषय समाधान भएमा प्रधानमन्त्री देउवाले भोलि शुक्रबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्दैछन् । बिहीबार बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेतासँग भएको छलफलमा भोलि शुक्रबार अपराह्नसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटेको छ ।

    भोलि शुक्रवार बिहानसम्म सत्तारुढ दलले मन्त्री हुनेको नाम दिइसक्नुपर्ने भएको छ ।

    प्रधानमन्त्री देउवाले हालसम्म कांग्रेसबाट ३ मन्त्री र १ राज्यमन्त्री तथा माओवादीबाट २ मन्त्री नियुक्त गरेर सरकार चलाइरहेका छन् । कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले मन्त्री हुनेको नाम दिएका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend