आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

निर्मला हत्याबारे प्रश्नमा गृहमन्त्री गुरुङले भने- म यसको उत्तर दिन चाहदिनँ

निर्मला हत्याबारे प्रश्नमा गृहमन्त्री गुरुङले भने- म यसको उत्तर दिन चाहदिनँ

  • मिडिया डबली
  • बिहिवार, श्रावण २१ २०८३

  • 1.8K
    SHARES

  • निर्मला हत्याबारे प्रश्नमा गृहमन्त्री गुरुङले भने- म यसको उत्तर दिन चाहदिनँ

    काठमाडौं-  कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या प्रकरणमा सोधिएको प्रश्नमा गृहमन्त्री सुधन गुरुङले उत्तर नदिने बताएका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री गुरुङसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो।

    प्रश्नोत्तर कार्यक्रमको सुरुवातमै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद विष्णुबहादुर विश्वकर्मालाई प्रश्न सोध्न अनुमति दिएका थिए। सांसद विश्वकर्माले निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धान कहाँ पुग्यो र हत्यारा कहिले पक्राउ पर्छन् भनेर प्रश्न गरेका थिए। त्यसको उत्तरमा गृहमन्त्री गुरुङले गम्भीर विषयको भए बताए।

    ‘यो विषय एकदमै सेन्सेटिभ छ,’ उनले भने। यस विषयमा गृहमन्त्री गुरुङले सांसदलाई नै उल्टै प्रश्न गरे। ‘हजुर सत्तामा हुँदा किन नगर्नु भएको हो?,’ उनले भने। यस विषयलाई संसद्मा धेरै कोट्याउन नहुने उनको तर्क थियो। ‘आमाको घाउलाई कोट्याइरहने हो कि संसदमार्फत कि न्याय दिने हो?,’ उनले भने। यसमा अनुसन्धान भइरहेको गृहमन्त्री गुरुङको भनाइ थियो।

    ‘धेरै कुरा बोल्न सक्दिँन। बोल्नु हुँदैन। सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौँं,’ गुरुङले भने। गृहमन्त्री गुरुङले अब संसद्मा निर्मला हत्या प्रकरणमा प्रश्न नगर्न अनुरोध गरे। ‘यो प्रश्न नउठाइ दिन हुन अनुरोध गर्दछु। केही कुरा छ भने व्यक्तिगत रुपमा सोध्नु होला,’ उनले थपे, ‘यो विषय सदनमा बारम्बार कोट्याउन हुँदैन।’

    त्यसपछि अध्यक्ष दाहालले सांसद विश्वकर्मालाई पुरक प्रश्न सोध्न समय दिए। त्यसपपछि सांसद विश्वकर्माले प्रश्न सोध्ने आफ्नो विधायिकी अधिकार भएको उल्लेख गरे। उनले फेरि प्रश्न सोधे, ‘निर्मलाका हत्यारा कहिले पक्राउ पर्छन?’ त्यसपछि अध्यक्ष दाहालले गृहमन्त्री गुरुङलाई उत्तर दिन समय दिए। यस पटक भने गृहमन्त्री गुरुङले भने, ‘म यसको उत्तर दिन चाहदिँन।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र २१ २०८२०३:३१:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend