आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १३ २०८२

  • 324
    SHARES

  • बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    प्रमिला कार्की ,नेपाल न्यूज बैंक
    काठमाडौं - र्यापर, इञ्जिनियर र समाजसेवी बालेन शाह(बालेन्द्र) नेपालको ४३औं प्रधानमन्त्री बनेका छन् । उनका लागि यो यात्रा केवल राजनीतिक पदमात्रै होइन, आन्दोलन, संघर्ष र परिवर्तनको कथापनि हो ।

    नेपाली राजनीतिक नेतृत्वमा बालेन शाहको नाम युवाप्रेमी र नवप्रवर्तनकारी सोचका प्रतिनिधिका रुपमा लिइने गरिन्छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सामाजिक संजालमार्फत अभिव्यक्ति दिएका कारण उनी आलोचित बनेका थिए । त्यसक्रममा उनलाई केही नेताहरुले ‘लुसिफर’को संज्ञासमेत दिएका थिए ।

    र्यापर, इञ्जिनियर, सामाजिक सञ्जालको प्रभावशाली प्रयोगकर्ता र युवाहरुको रोजाइमा परेका बालेनले काठमाडौं महानगरपालिका मेयर पद पूरा नगरी राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ उपाध्यक्ष बनेका थिए ।

    काठमाडौंको भीडभाड, अव्यवस्था सडक र परम्परागत राजनीतिक प्रणालीका कारण निराश भएका नागरिकहरुलाई सुधारका लोकप्रिय कामहरु गरेर चर्चा कमाएका उनी मेयर पदमा स्वतन्त्र उम्मेदवारका रुपमा सार्वजनिक हुँदामात्र उनका बारेमा धेरैले चासो राखेका थिए ।

    ०७९ सालको स्थानीय तह निर्वाचनमा शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेर काठमाडौं महानगरपालिकामा मेयरको रूपमा विजयी हुँदा प्रमुख एजेन्डाहरूमा भ्रष्टाचार विरोध, पारदर्शिता, पूर्वाधार सुधार, स्मार्ट सिटी योजना, सडक व्यवस्थापन र सार्वजनिक स्थानको सुन्दरता थिए । उनका अभियानहरूले युवाहरूमाझ ठूलो समर्थन पायो र उनलाई मेयर पदमा विजय हुन सहयोग पुर्याएको थियो ।

    शाहको जन्म काठमाडौँमा मधेशी साहु तेलीको परिवारमा भएको थियो । उनी २०४७ बैशाख १४ मा जन्मिएका हुन् । बालेनको पुख्र्यौली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा पर्दछ । काठमाडौंको नरदेवीमा बुवा डा.रामनारायण शाह र आमा ध्रुव्रादेवी शाहको कोखबाट जन्मिएका बालेनका एक दाजु र एक बहिनी छन् । नर्स तथा मोडेल सविना काफ्लेसँग विवाह गरेका बालेनकी एक छोरी छन् ।

    उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकमा स्थित विश्वेश्वरय्या प्राविधिक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।

    २०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको रूपमा पनि आफूलाई स्थापित गरेका थिए ।
    उनी सिभिल इञ्जिनियरिङमा शिक्षित छन् । युवादेखि नै उनी सिर्जनात्मक काममा संलग्न थिए । संगीतमा रुची राख्ने शाह र्याप कलाकारका रूपमा पनि परिचित छन् ।
    उनले आफ्नो पहिलो गीत ‘सडक बालक’ ०६९ मा गाएका थिए र यो गीत उनले कक्षा ९ मा हुँदा लेखेका थिए । उनको ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ गीत पछिल्लो निर्वाचनमा सबैभन्दा धेरै चर्चामा आएको थियो । ‘गरिबीको चमेली, बोल्दिने कोही छैन’ भन्ने गीतसमेत चर्चित छन् । बिहीबार प्रतिनिधि सभाको शपथ लगत्तै उनको ‘जय महाकाली’ बोलको गीत सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमार्फत उनले आफ्नो विचार र सृजनाहरु साझा गर्दै नयाँ पुस्तासँग निरन्तर संवाद गर्दै आएका छन् ।

    उनको मेयर पदको कार्यकालका दौरान काठमाडौं महानगरपालिकाले सडक सुधार, सार्वजनिक पार्क र खुला स्थानको सुन्दरता, डिजिटल सेवा विस्तार र नागरिक सहभागितामा सुधार जस्ता परियोजनाहरू अघि बढाइएको छ । शाहले सिधा संवाद र जवाफदेहीतालाई प्राथमिकता दिए, जसले नागरिकहरूमा उनीप्रतिको भरोसा बढाएको छ । उनको नेतृत्व शैलीले देखाएको छ कि नयाँ सोच, पारदर्शिता र जनसहभागिताले राजनीतिमा पनि प्रभावकारी परिवर्तन ल्याउनसक्छ ।

    उनी नेपाली युवाप्रतिको विश्वास र आशाको प्रतीक बन्न पुगेका छन् र उनका कदमहरूले देशको राजनीति र सामाजिक विकासमा नयाँ दिशा देखाउने सम्भावना रहेको अनुमान गरिन्छ । जोखिम मोलेर अघि बढ्न सक्ने क्षमताका कारण पनि उनको लोकप्रियता चुलिएको थियो । युवा वर्गमा लोकप्रिय शाहले आफ्नो अभियानमा पारदर्शिता, जवाफदेहिता र नवप्रवर्तनलाई जोड दिएका छन् । उनी संगीतकार र इञ्जिनियर पनि हुन्, जसले आफ्नो बहुआयामिक व्यक्तित्वका कारण सामाजिक र राजनीतिक क्षेत्रमा द्रुत प्रभाव छाडेका छन् ।

    बालेनको राजनीतिमा प्रवेश मात्र अचानक थिएन, उनी जेनजी आन्दोलनका सक्रिय अभियन्ता थिए, जसले नवयुवाहरूको अधिकार, पारदर्शिता र भ्रष्टाचारविरुद्ध आवाज उठायो । आन्दोलनले उनलाई देशभर परिचित बनायो र युवाप्रतिको विश्वास बढाएको थियो । अन्तर्मुखी र कूटनीतिक स्वभाव, व्यवस्थापनमा अब्बल, नयाँ नयाँ रणनीतिमा रमाउने स्वभावका उनका सार्वजनिक भाषणहरु थोरै समयका मात्र हुने गरेका छन् ।

    जनताको सेवा र नवप्रवर्तनलाई राजनीति भन्दामाथि राख्ने आफ्नो दृष्टिकोणका कारण उनले मेयर पदबाट राजीनामा दिएको चर्चा गरिएको थियो । कम बोल्ने कडा प्रशासकको परिचय बनाएका बालेन आगामी कार्यकाल कस्तो रहन्छ हेर्न बाँकी छ ।

    त्यसपछि उनले राष्ट्रिय राजनीतिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसदको उम्मेदवारी दिएर देश दौडाहमा निस्किएका थिए । उनको लोकप्रियता र स्पष्ट दृष्टिकोणका कारण उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै सांसद पदमा विजयी भएका हुन् । फागुन २१ गते मतदाताले रास्वपालाई १८२ सिटसहित देशको ठुलो राजनीतिक दल बनाएपछि बालेन एकल बहुमतसहितको शक्तिशाली प्रधानमन्त्रीको कुर्सी सम्हाल्न पुगेका छन् । शुक्रबार राम नवमीको अवसर पारेर शुभ साइतमा शाहले नेपालको प्रधानमन्त्रीको कुर्सी सम्हालेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend