सोमवार, आश्विन १० २०७९Sep 26 2022

Logo

चुनावको मुखमा बालेनविरुद्ध आन्दोलनको घोषणाले एमाले काठमाडौंमा पत्तासाफ हुन सक्ने

चुनावको मुखमा बालेनविरुद्ध आन्दोलनको घोषणाले एमाले काठमाडौंमा पत्तासाफ हुन सक्ने

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ३१ २०७९

  • 24.7K
    SHARES

  • चुनावको मुखमा बालेनविरुद्ध आन्दोलनको घोषणाले एमाले काठमाडौंमा पत्तासाफ हुन सक्ने

    काठमाडौं - यतिबेला काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन चर्चामा छन् । अहिलेसम्म कुनै जनप्रतिनिधिले गर्न नसकेको काम निर्भीक ढंगले एक पछि अर्को गरी फत्ते गरेकाले पनि बालेनको चौतर्फी प्रशंसा भइरहेको छ ।

    अझ राजतन्त्रकालमा हराएको काठमाडौंको टुकुचा खोला बिहीबार काठमाडौं महानगरले खोतलेर भेटेपछि उनको चर्चा चुलिएको छ । शुक्रबार मात्र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बालेनको कामको प्रशंसा गरिरहेका छन् ।

    images
    images
    images

    अहिले बालेनको विरोध गर्न हत्तपत्त कसैले गर्न सक्दैन । तर यस्तो अवस्थामा एमालेले भने बालेनविरुद्ध आन्दोलित भएको छ । उसले आफ्नो भ्रातृसंगठन जिफन्टको नेतृत्वमा बालेनविरुद्ध काठमाडौंका फुटपाथ व्यवसायीलाई विरोधमा उतारेको छ ।

    बिहीबार काठमाडौंका सयौं फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिका घेराउ गरे । उनीहरूले दशैंको मुखमा आफ्नो रोजीरोटी खोसिएको भन्दै बालेनविरुद्ध नाराबाजी गरेका थिए ।

    आगामी प्रदेश र प्रतिनिधिसभा सन्निकट एमालेले बालेनको विरोधमा किन आन्दोलन सुरु गर्यो भन्ने प्रश्न उब्जेको छ । त्यसै पनि काठमाडौंमा एमालेको जनमत घट्दै गइरहेको छ ।

    अघिल्लो निर्वाचनमा पाएको जितले एमालेले आफ्नो बलियो पकड रहेको भ्रम फैलाउँदै आएको थियो । तर हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेनले मेयरमा जितेपछि एमाले आगो भएको छ ।

    कतिसम्म भने केही दिनअघि एमाले नेता महेश बस्नेतले आफ्नो सरकार आए बालेनलाई डाँडा कटाउने घोषणा गरिसकेका छन् । बस्नेतको यो अभिव्यक्तिपछि एमालेविरुद्ध जनमत भड्किरहेको छ ।

    अझ विभिन्न जिल्लाबाट आएका फुटपाथ व्यवसायीलाई एमालेले अघि सारेर बालेनको विरुद्ध उतारेपछि यहाँका स्थानीयवासी आक्रोशित भएका छन् । त्यसैले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेको जनमत झन् खस्किने आकलन गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०३:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend