बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

बालेनलाई आपत, लेखे यस्तो स्टाटस! 

बालेनलाई आपत, लेखे यस्तो स्टाटस! 

  • मिडिया डबली डेक्स
  • आइतवार, श्रावण २९ २०७९

  • 3.5K
    SHARES

  • बालेनलाई आपत, लेखे यस्तो स्टाटस! 

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र बाहले एउटा तहको सरकारले अर्को तहको सरकालाई असफल बनाउने खेल खेलिएको बताएका छन्। आइतबार साँझ सामाजिक सञ्जालमा धादिङको धुनीवेसी नगरपालिका–१ राजनीतिक दलले नगर कार्यसमितिलाई फोहोर व्यवस्थापन सँधैका लागि बन्द गर्न भन्दै लेखेको पत्र शेयर गर्दै यस्तो बताएका हुन्। उनले संविधानले कल्पना गरेको राज्य प्रणालीमा एक तहको सरकारले अर्को तहको सरकारसँग आपसी समन्यव र मेलमिलापको कल्पना गरिएको भन्दै त्यस विपरितका खेल भइरहेको बताएका छन्।

    ‘हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरित एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ?,’ उनले भनेका छन्, ‘हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ । राजनीति त्यस्तो हुदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ ।’ 

    उनले शनिवार अवरोध नभएमा आइबार दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीले बञ्चरे डाँडामा फोहोर लैजाने बताएपनि दुई स्थानमा अलग–अलग कारणले सडक अवरुद्ध गरिएको बताएका छन्। उनले आइतबार ९० वटा फोहोरका गाडीहरु मात्र बञ्चरे डाँडा पुगेको उल्लेख गरेका छन्। 

    ‘आज दुई ठाउँमा सडक अवरुद्ध गर्नुका दुई कारणहरु थिए । १. कसैले फोहोर पानीको मुहानमा लगेर फ्यालिदियो भन्ने । यसमा दोषीलाई पत्ता लगाएर कारबाही पनि भइसक्यो । २. फोहोर बोक्ने गाडीले बाख्रा मारेको भन्ने । यसलाई पनि समाधान गर्यौँ । यी दुई अवरोध हटाउने बित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौँ,’ उनले भनेका छन्, ‘वास्तवमै त्यो कसरत हो भने त्यो बिडम्बनापुर्ण हुनेछ । बञ्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका छन् । भुमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुअब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ । यो झुक्याएर गरिएको पनि थिएन । यसका वैधानिक सम्झौताहरु छन् । ति सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend