काठमाडौं । काठमाडौं महानगरपालिकाले कृषि तथा खाद्यान्न व्यापारमा कर बढाएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शुक्रबार आर्थिक विधेयक सार्वजनिक गर्दै कृषि तथा खाद्यान्नको व्यापारमा कर बढाएका हुन् ।
उनले अधिकतम २ हजार रुपैयाँसम्म कर बढाएका छन् । मेयर बालेनले सार्वजनिक गरेको आर्थिक विधेयकका अनुसार अब खुद्रा किराना पसल सञ्चालन गर्नेले २ हजार रुपैयाँ कर तिर्नु पर्ने भएको छ । यसअघि यस्तो कर १२ सय रुपैयाँ मात्रै थियो ।
यसअघि प्रशोधित मासुजन्य बिक्री व्यवसायमा लाग्दै आएको ३ हजार रुपैयाँ कर अब ५ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ भने यसअघि माछारमासु तथा अण्डा खुद्रा बिक्री १५ सय रुपैयाँ लाग्दै आएको कर २५ सय रुपैयाँ लाग्ने भएको छ ।
हेर्नुहोस् करको सूची
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।