आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

शेखर लचिलो भएपछि प्रचण्डलाई राहत, कांग्रेस एकढिक्का भएर चुनावमा होमिँदै

शेखर लचिलो भएपछि प्रचण्डलाई राहत, कांग्रेस एकढिक्का भएर चुनावमा होमिँदै

  • मिडिया डबली डेक्स
  • मंगलवार, चैत्र २२ २०७८

  • 5.9K
    SHARES

  • शेखर लचिलो भएपछि प्रचण्डलाई राहत, कांग्रेस एकढिक्का भएर चुनावमा होमिँदै

    काठमाडौं - सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । स्थानीय निर्वाचनमा कसरी जाने भन्ने मोडालिटी तयार पार्न बैठक बोलाइएको हो ।

    पाँचदलीय गठबनधनले तीनै तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरिसकेका छन् । तर, नेपाली कांग्रेसको संस्थापन इतर समूह कसैसँग तालमेल नगर्ने अडानमा कायमै रहँदा के गर्ने भन्ने अन्योल थियो ।

    तर, नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले स्थानीय आवश्यकताका आधारमा मात्रै गठबन्धन गर्न नेता कार्यकर्तालाई सुझाएपछि भने अब गठबन्धनले ठोस निर्णय लिन सक्ने देखिएको छ ।

    सोमबार पोखरामा कांग्रेस कार्यकर्तासँग भेटघाट गर्दै उनले चुनावी तालमेलको अधिकार प्रदेश, जिल्ला, पालिका र वडालाई भएकोले आवश्यकता भए मात्रै गठबन्धन गर्न आग्रह गरे। ‘गठबन्धन जहाँ आवश्यक छ त्यहाँ गर्नुस् ।

    सबै ठाउँमा गर्नु पर्दैन,’ उनले भने, ‘तालमेलका नाममा विगतमा भरतपुरको जस्तो तालमेल नगर्नुहोला। यसले पार्टीलाई नोक्सानी हुन्छ।’

    अघिल्लो स्थानीय तहको चुनावमा माओवादीसँग तालमेल गरेका पालिकामा कांग्रेसले हारेको तर माओवादीलाई कांग्रेसले जिताएको भन्दै त्यसप्रति सचेत रहन निर्देशन दिए । केन्द्रीय सदस्यसमेत रहेका उनले कांग्रेसको विधानअनुसार टिकट वितरणको मापदण्ड बनाउन निर्देशन दिएका छन्।

    ‘जथाभावी टिकट वितरण गर्ने होइन। सक्षम र योग्य उम्मेदवारलाई निर्वाचनमा टिकट दिनुपर्छ,’ उनले भने । शेखरको यो निर्देशनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ठूलो राहत भएको छ ।

    कांग्रेसको इतर पक्ष तालमेल गर्न नहुने पक्षमा कायम रहेपछि केही दिनअघि प्रचण्डले ‘कांग्रेसले निहुँ खोजे एमालेसँग तालमेल हुन्छ’ भनेर घुर्की लगाएका थिए ।

    तर, उनको अभिव्यक्ति आफैंलाई घाँडो भएको छ । प्रचण्ड अस्थिर चरित्र भएको व्यक्ति भन्दै उनलाई स्थानीय चुनावमै तह लगाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा तीव्र आक्रोश उत्पन्न भएको थियो । यसपछि प्रचण्ड गलेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण २९ २०७७०८:४८:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend