शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेस नेता बस्नेतले भने– राष्ट्रपति केपी ओली गुटको कार्यकर्ता, प्रधानमन्त्री भ्रष्टाचारीका संरक्षक

कांग्रेस नेता बस्नेतले भने– राष्ट्रपति केपी ओली गुटको कार्यकर्ता, प्रधानमन्त्री भ्रष्टाचारीका संरक्षक

  • मिडिया डबली
  • आइतवार, बैशाख २६ २०७८

  • 6.0K
    SHARES

  • कांग्रेस नेता बस्नेतले भने– राष्ट्रपति केपी ओली गुटको कार्यकर्ता, प्रधानमन्त्री भ्रष्टाचारीका संरक्षक

    काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।

    नेता बस्नेतले राष्ट्रपति भण्डारी केपी ओली गुटको कार्यकर्ता मात्र नभई संविधानविरोधी क्रियाकलापका मतियार भएको टिप्पणी गर्दै प्रधानमन्त्री ओली भ्रष्टाचारीका संरक्षक भएको आरोप पनि लगाएका छन् ।

    आइतबार मिडियाडबलीसँगको कुराकानीमा नेता बस्नेतले अहिलेको लकडाउन ओलीको सत्ता लम्ब्याउने खेल मात्र भएको दाबी गरेका छन् । उनले सरकारले पहिलो चरणको कोभिड १९ को संक्रमणलाई विशेष स्वास्थ्य नीति बनाएर सावधानी अपनाएको भए दोस्रो चरणको संक्रमण भयावह नहुने भन्दै सरकारकै कारण अहिलेको अवस्था आएको उल्लेख गरे ।

    पूर्वमन्त्री बस्नेतले जनताको ज्यानभन्दा कर उठाउने कुरा महत्वपूर्ण हो भन्ने सरकारका प्रवक्ता पार्वत गुरुङको भनाइलाई पागलपन संज्ञा दिए । ‘प्रधानमन्त्री केपी ओलीको सरकार टिकाउन सांसद अपहरण र किनबेचमा सक्रिय देखिनु संसदीय व्यवस्थाको अपमान मात्र होइन, संघीयताको खिल्ली उडाउनु पनि हो,’ उनले भने ।

    बस्नेतको सरकारप्रति ७ बुँदे आरोप

    १. सरकारले पहिलो चरणको कोभिड १९ को संक्रमणलाई विशेष स्वास्थ्य नीति बनाएर सावधानी अपनाएको भए दोस्रो चरणको संक्रमण भयावह हुने थिएन ।

    २. जनताको ज्यानभन्दा कर उठाउने कुरा महत्वपूर्ण हो भन्ने सरकारका प्रवक्ताको भनाइ पागलपन हो ।

    ३. प्रधानमन्त्रीको इसाराविना वाइडबडी र सुरक्षा मुद्रणालय काण्ड भएको होइन

    ४. प्रदेश प्रमुखहरु र राष्ट्रपतिको केपी ओली गुटका कार्यकर्ता मात्र होइनन् संविधानविरोधी क्रियाकलापका मतियार पनि भएका छन् ।

    ५. प्रधानमन्त्री केपी ओलीको सरकार टिकाउन सांसद अपहरण र किनबेचमा सक्रिय देखिनु संसदीय व्यवस्थाको अपमान मात्र होइन, संघीयताको खिल्ली उडाउनु पनि हो ।

    ६. हिजो प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेपछि प्रतिगमन भयो भनेर आन्दोलन गर्नेहरु केपीकै सरकार टिकाउन मत हाले भने उहाँलाई के भन्ने ?

    ७. नेपालको लकडाउन केपी ओलीको सत्ता लम्ब्याउने खेल मात्र भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ १९ २०७९०३:०६:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend