Logo
  • आइतवार, जेठ २५ २०७७Jun 07 2020

images
images

इन्टरनेट बन्द गर्नेमा भारत विश्वमै पहिलो

इन्टरनेट बन्द गर्नेमा भारत विश्वमै पहिलो

  • मिडिया डबली

  • आइतवार, पौष १३ २०७६


  • काठमाडौं– भारतमा नरेन्द्र मोदी सरकारविरुद्धको आन्दोलन हिंसात्मक बन्दै जाँदा दिल्ली र उत्तर प्रदेशसहित कतिपय राज्यका धेरै जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ

    नागरिकता संशोधन कानूनविरुद्धको आन्दोलन चर्किदै जाँदा हिंसा भड्किएपछि शुक्रवार उत्तर प्रदेशका २१ जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् । मुस्लिम बाहुल्य जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ ।

    images

    उत्तर प्रदेश प्रहरीका डीजीपी ओपी सिंहले राज्यमा कानून व्यवस्था लागू गर्न र सामाजिक सञ्जालबाट हिंसा भड्काउन खोज्नेहरुको उद्देश्य पूरा हुन नदिन इन्टरनेट सेवा बन्द गरिएको बताएका छन् ।

    स्थिति सामान्य भएपछि इन्टरनेट पुनः संचालन हुने सरकारले जनाएको छ । नागरिकता कानून संशोधनविरुद्ध सबैभन्दा ठूला हिंसात्मक प्रदर्शन उत्तर प्रदेशमा भइरहेका छन् । यसक्रममा केही व्यक्तिको मृत्यु भइसकेको छ । मर्नेहरु सबै मुस्लिम हुन् । भारतीय प्रहरीले पछिल्लो समय हिंसात्मक झडप र मृत्युका भिडियो तथा फोटो कन्टेन्ट सामाजिक सञ्जालमार्फत भाइरल हुन थालेपछि तिनीहरुमा समेत निगरानी बढाएको छ ।

    भारतमा इन्टरनेट सेवा बन्द भएको यो पहिलो पटक भने होइन । हालैको आन्दोलनका क्रममा राजधानी दिल्लीमै पनि सेवा अवरुद्ध पारिएको थियो । विश्वभरमै इन्टरनेट सेवा बन्द गराउने मुलुकमा भारत अग्रणी छ ।

    बितेका ५ वर्षको बीचमा भारतमा २ सय पटकभन्दा बढी इन्टरनेट सेवा अवरुद्ध भइसकेको छ । जब जब सामाजिक आन्दोलन चल्छ त्यसबेला भारतमा सरकारले इन्टरटेन बन्द गराउँछ ।

    सन् २०१५ मा १४ पटक बन्द भएको इन्टरटेन २०१६ मा ३१ पटक बन्द गरियो । त्यस्तै २०१७ मा ७९ पटक र २०१८ मा १३४ पटक इन्टरटेन बन्द गराइएको थियो ।

    सन् २०१९ मा हालसम्म ९१ पटक इन्टरटेन बन्द गराइएको छ । तीमध्ये ५५ पटक जम्मु कश्मीरमा मात्र बन्द गरिएको छ ।

    आइतवार, पौष १३ २०७६१०:१६:५३
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology