Logo
  • आइतवार, जेठ २५ २०७७Jun 07 2020

images
images

अश्लिल सामाग्रिको जोखिम बालिकामा भन्दा बालकमा धेरै

अश्लिल सामाग्रिको जोखिम बालिकामा भन्दा बालकमा धेरै

  • मिडिया डबली

  • आइतवार, पौष १३ २०७६


  • काठमाडौं– सामाजिक सञ्जालमा पोर्नग्राफी तथा अश्लील सामग्रीको शिकार बालिकाहरुको तुलनामा बालकहरु हुने देखिएको छ । एकप्याट लक्जमवर्गले नेपालमा गरेको एक अनुसन्धानले त्यस्तो तत्थ्य बाहिर ल्याएको हो ।

    एकप्याटले ‘नेपाली बालबालिकाहरुमा नयाँ प्रविधिको जोखिम तथा इन्टरनेट सुरक्षा’ विषयमा खोजी गरेको थियो । अध्ययनका लागि गरिएको सर्वेक्षणमा १५.७ प्रतिशत बालबालिकाहरुले आफूलाई फेसबुक तथा विभिन्न सामाजिक सञ्जालबाट अश्लील सामग्री आउने गरेको बताएका छन् । यसरी अश्लील सामग्री पाउनेमा ५९.१ प्रतिशत बालक रहेका छन् भने ४०.९ प्रतिशत बालिका छन् ।

    images

    सर्वेक्षणमा सहभागी ८४.३ प्रतिशत बालबालिकहरुले भने आफूहरुलाई त्यसप्रकारको कुनै पनि सन्देश नआएको बताएका छन् । जसमा ४७.३ प्रतिशत बालिका रहेका छन् भने ५२.७ प्रतिशत बालकहरु छन् ।

    मोरङ, धनकुटा, संखुवासभा, धनुषा, काठमाडौं, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, कास्की, मुस्ताङ, प्युठान, बाँके, सुर्खेत, हुम्ला, कैलाली, डडेलधुरा लगायतका जिल्लाका निजी तथा संस्थागत विद्यालयका ५ हजार ११ जना विद्यार्थीमाथि यो सर्वेक्षण गरिएको थियो ।

    आइतवार, पौष १३ २०७६१०:०९:३२
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology