Logo
  • शुक्रवार, जेठ १६ २०७७May 29 2020

images
images

खेलकुदमा अनुशासन महत्वपूर्ण कुराः बानियाँ

खेलकुदमा अनुशासन महत्वपूर्ण कुराः बानियाँ

  • मिडिया डबली

  • शुक्रवार, माघ ३ २०७६


  • ललितपुर– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बानियाँले खेलकुदमा अनुशासनको ठूलो महत्व रहने बताएका छन् । उनले वीर गणेशमान सिंहको नाममा भएको किक बक्सिङ प्रतियोगिताको सफलताको कामना समेत गरेका छन् ।

    ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको चापागाउँमा बिहीबार वीर गणेशमान सिंह तेस्रो राष्ट्रय खुल्ला किक बक्सिङ प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता बानियाँले त्यागी नेता गणेशमान सिंहको नाममा हुन लागेको प्रतियोगिताले ललितपुरका युवा र खेलाडीहरूमो जोश जाँगर थपिएको बताए ।

    images

    ‘खेलमा अनुशासन महत्वपूर्ण हुन्छ’, उनले भने, ‘खेलमा जितहार पनि हुन्छ । त्यसलाई अनुशासित रुपमा लिनुपर्छ ।’

    तीन वर्षदेखि लगातार हुँदै आएको खेलकुद प्रतियोगिताको संयोजन गर्ने नेपाली कांग्रेसका युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनलाई नेता बानियाँले बधाइ समेत दिए ।

    शुक्रवार, माघ ३ २०७६०८:४३:३९
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology