आइतवार, आश्विन ११ २०७७Sep 27 2020

Logo
images
images

भालभर्डेलाई हटाएर बार्सिलोनाले सेटिनलाई बनायो नयाँ प्रशिक्षक

भालभर्डेलाई हटाएर बार्सिलोनाले सेटिनलाई बनायो नयाँ प्रशिक्षक

  • मंगलवार, पौष २९ २०७६

  • 408
    SHARES

  • काठमाडौं– स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेलाई बर्खास्त गरेको छ । उनको बर्खास्तीसँगै बार्सिलोनाले क्विक सेटिनलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ । सेटिन रियल बेटिसका पूर्व प्रशिक्षक हुन् । बार्सिलोना गत साता मात्र स्पेनिस सुपर कपको सेमिफाइनलमा एट्लेटिको म्याड्रिडसँग पराजित भएपछि भाल्भेर्डे बर्खास्तीमा पर्ने सम्भावना बढेको थियो ।

    ‘बार्सिलोना र सेटिन बीच सन् २०२२ को जुन ३० सम्मका लागि बार्सिलोनाको पहिलो टोलीलाई प्रशिक्षण दिने सहमति भएको छ ,’ बार्सिलोनाले बेवसाइटमार्फत विज्ञप्ती जारी गरेको छ । ६१ वर्षे सेटिनले आक्रामक फुटबलमा केन्द्रित हुने बताएका छन् । २००१ देखि उनी प्रशिक्षणमा सामेल भएका थिए ।

    उनले रेसिङ साटान्डारलाई शीर्षस् स्थानमा उकालेका थिए । त्यसपछि पोली इजिडो, इक्वोटोरियल गुइने र त्यसपछि लोर्गोनेसको टोली सम्हालेका थिए । त्यसपछि उनको यात्रा लुगोमा रह्यो । जहाँ उनी ६ वर्ष रहे । टोलीलाई स्पेनिस दोस्रो श्रेणीको लिगमा स्थापित गराउन सफल रहे । त्यसपछि २०१५ मा उनी लास पालमासमा रहे ।

    त्यसपछि २०१७ बाट मे २०१९ सम्म बेटिस सम्हालेका थिए । उनले आफ्नो पहिलो सिजनमै टोलीलाई युरोपा लिगमा छनोट गराए । त्यहि सिजन बेटिस कोपा डेल रेको सेमिफाइनल पुग्यो । तीन वर्षको सम्झौता हुदा हुँदै बोर्डसँगको सम्बन्ध बिग्रिएपछि उनले क्लब छोड्नु परेको थियो ।

    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष २९ २०७६०४:१८:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology