२०७६ मंसिर २० गते वाम्बुले राई भाषाको कविता प्रतियोगिता हुदै

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, मंसिर १०, २०७६

नेपाटप

काठमाडौँ- २०७६ मंसिर २० गते ओखलढुंगाको मोली फस्कु गाउँमा २१औं वर्षको वाम्बुले राई भाषाको कविता प्रतियोगिता हुने भएको छ । २०५५ सालदेखि वाम्बुले भाषाको कविता प्रतियोगिता ओखलढुंगाको हिलेपानी गाउँबाट सुरु भएको थियो ।

जहाँ वाम्बुले बस्ति त्यहाँ कविता गोष्ठी हुँदै आएको छ, खोटाङ, ओखलढुंगा, उदयपुर बिभिन्न जिल्लामा भैसकेको छ।

नेपाल लाइफ

यसपाली भने २०७६ मंसिर २० गते ओखलढुंगाको मोली फस्कु गाउँमा २१औं वर्षको वाम्बुले राई भाषाको कविता प्रतियोगिता हाम्रो मातृभाषा, संस्कृति परम्पराको संरक्षण संवद्र्धन गर्न हामी लागि आफैं जुटौं’ अभियानको साथ भब्या रुपमा हुँदैछ ।

युवा पुस्ताको सिर्जनात्मक सहभागिता ससक्त हुने नै छ । देश, विदेशमा रहनु भएका वाम्बुले स्रष्टाहरुले मातृभाषाका रचना पठाउन सक्ने छ भन्दै वाम्रास, उपाध्यक्ष गणेश वाम्बु राईले जानकारी दिएका हुन्।