भोलिदेखि चौथो पिस प्वाइन्ट कप फूटबल हुँदै

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, कार्तिक ३०, २०७६

नेपाटप

काठमाडौं – राजधानी काठमाडौंको कात्यानी चोक मध्यबानेश्वरमा अवस्थित पिस प्वाइन्ट बोडिङ हाई स्कूलको आयोजनामा चौथो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय स्तरीय फूटबल प्रतियोगिता मंसिर १ गतेदेखि हुने भएको छ ।

चौथो संस्करणको प्रतियोगिता मंसिर १ गतेदेखि ८ गतेसम्म सानोगौचरण फूटबल मैदानमा सञ्चालन हुने छ ।

नेपाल लाइफ

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको शुक्रबार संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको छ । आयोजकले दिएको जानकारी अनुसार प्रतियोगितामा पुरुषतर्फ २२ समूह र महिलातर्फ १२ समूहले प्रतिस्पर्धा गर्नेछन् ।

नकआउट चरणमा सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने टीमले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीले नगद क्रमशः १५ हजार, १० हजार र ७ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

फूटबल खेललाई अतिरिक्त क्रियाकलापमा पिस प्वाइन्ट बोडिङ स्कूलले मेरुदण्डको रुपमा विकास गरिरहेको, विद्यालय जीवनबाट नै राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको र विवादरहित ढंगले प्रतियोगिता सम्पन्न गराउन तयारी गरिएको आयोजक विद्यालय पिस प्वाइन्ट बोडिङ स्कूलकी प्रिन्सिपल इशु गुरुङले जानकारी दिइन् ।