लगनखेलमा बेल्ट टेस्ट सप्पन्न

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, कार्तिक २८, २०७६

नेपाटप

ललितपुर– नेपाल कराँते महासंघ जिल्ला प्रमुख डोजो लगनखेलमा सितोरियो करातेको बेल्ट टेस्ट सम्पन्न भएको छ । बेल्ट टेस्टको ह्वाइट बेल्ट तर्फ साकल तामाङ प्रथम भएका थिए।

त्यस्तै हाफ ओरेन्ज बेल्ट तर्फ विशेष महर्जन प्रथम भए । ओरेन्ज बेल्ट तर्फ काबेनी ढुंगाना प्रथम भएका थिए। त्यस्तै हाफ ग्रिन बेल्ट तर्फ रोहित चौधरी प्रथम भएका थिए। ग्रिन बेल्ट तर्फ समीर राई प्रथम भएका थिए। ब्राउन बेल्ट थर्ड क्यु तर्फ कृषा थपलिया प्रथम भएका थिए। उक्त बेल्ट टेस्ट लगनखेल डोजो अध्यक्ष तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष दीपक श्रेष्ठ प्रशिक्षक बिनोद महर्जन र राजेश बज्राचार्यले गरेका थिए। लगखेल डोजो नेपाल कै उत्कृष्ट डोजो मानिन्छ।

नेपाल लाइफ

१९९९ नेपालमा भएको आठौं साफगेममा लगनखेल डोजोमा प्रशिक्षण लिने खेलाडीहरुले ५ स्वर्ण पदक ल्याएका थिए। उक्त बेला राष्ट्रिय खेलकुद परिषद पुर्ब तथा पुर्ब अन्तर्राष्ट्रिय खेलाडी मीन कृष्ण महर्जन प्रशिक्षक थिए, मीन कृष्ण महर्जन लगनखेल डोजोका संथापक समेत हुन।