ला लिगाको पहिलो खेलमा बार्सिलोना र एथ्लेटिक क्लब भिड्दै, कसले मार्ला बाजी ?

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, साउन ३१, २०७६

नेपाटप

काठमाडौं– आज रातिबाट स्पेनिस ला लिगा सुरु हुँदैछ । पहिलो दिन शुक्रबार डिफेन्डिङ च्याम्पियन बार्सिलोना र एथ्लेटिक क्लब आमने सामने हुँदैछन् । यो खेल नेपाली समय अनुसार राति पौने एक बजे हुनेछ ।

एथ्लेटिक विल्बाओको मैदानमा हुने खेलमा मेस्सी नखेल्ने भएका छन् । ला लिगा इतिहासमा अहिलेसम्म रेलिगेसनमा नपरेका दुई टिम हुन्, बार्सिलोना र एथ्लेटिक विल्बाओ ।

नेपाल लाइफ

बिल्बाओले यो समरमा एक जना पनि नयाँ खेलाडी किनेको छैन । बरु उसले आफ्नै एकेडेमीबाट खेलाडीलाई पहिलो टिममा बढुवा गराएको छ ।

यता बार्सिलोनाले भने विश्व फुटबलका उत्कृष्ट खेलाडीलाई अनुबन्ध गरेको छ । उसले एन्टोइन ग्रिजम्यान, फ्रेंकी डि जोङ, जुनियर फिर्पो जस्ता खेलाडी अनुबन्ध गरिसकेको छ र अझ पनि केही खेलाडी थप्ने मनसायमा छ ।