सोमपालको टिमले जित्यो ग्लोबल टी–२० क्रिकेटको उपाधि

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, साउन २७, २०७६

नेपाटप

काठमाडौं– नेपाली अलराउण्डर सोमपाल कामी रहेको वेनिपेग हक्सले क्यानडामा सम्पन्न ग्लोबल टी–२० क्रिकेटको उपाधि जितेको छ ।
आइतबार राति भएको फाइनल खेलमा भ्यानकुभर नाइट्सलाई सुपर ओभरको खेलमा पराजित गर्दै हक्स च्याम्पियन भएको हो ।

१९३ रनको लक्ष्य पछ्याएको डिफेन्डिङ च्याम्पियन भ्यानकुभरले ६ विकेटको नोक्सानीमा १९२ रन बनाएको थियो । कप्तान सोयब मल्लिकले ६४ रन बनाए । आन्द्रे रसेलले नटआउट ४६ रन बनाए ।

नेपाल लाइफ

यसअघि पहिले ब्याटिङ गरेको हक्सले निर्धारित ओभरमा ८ विकेट गुमाएर १९२ रन बनाएको थियो । साइमन अनवरले ४५ बलमा ९० रन बनाएका थिए । क्रिस लेनले ३७ रन बनाएका थिए । आन्द्रे रसेलले ४ विकेट लिएका थिए ।

निर्धारित ओभरको खेल बराबरीमा सकिएपछि निर्णय सुपर ओभरको आधारमा गरिएको थियो ।
सुपर ओभरमा हक्सले बाजी मारेको थियो । भ्यानकुभरले पहिले ब्याटिङ गर्दै सुपर ओभरमा २ विकेटको नोक्सानीमा ९ रन मात्र बनायो । १० रनको लक्ष्य हक्सले अन्तिम बलमा चार रन बनाएरै पूरा गरेको थियो ।

सोमपालले पहिलो पटक ग्लोबल टी–२० खेल्न पाए । डेब्यु खेलमा विकेट लिन नसकेपछि उनलाई हक्सले फेरि बलिङका लागि मैदानमा उतारेन । उनले फिल्डिङ भने गर्न पाएका थिए । सब्सिच्युट खेलाडीका रुपमा फिल्डिङ गर्दै क्याच लिनुका साथै रन बचाए पनि उनको पहिलो पटक विदेशी फ्रेन्चाईज लिग सफल हुन सकेन । तर उनले ठूलो प्रतियोगितामा अनुभव भने बटुलेका छन् ।