चेल्सी माथि युनाइटेडको शानदार जित

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, साउन २७, २०७६

नेपाटप

काठमाडौं– म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शानदार जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा युनाइटेडले चेल्सीमाथि सन् १९६५ यताकै सबैभन्दा ठूलो जित दर्ता गरेको छ।

आइतबार भएको प्रिमियर लिगमा यस सिजनको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि ४–० को जित निकालेको हो ।
युनाइटेडको जितमा मार्कस रासफोर्डले दुई गोल गरे भने एन्थोनी मार्टिएल तथा सब्सिट्यूट डानियल जेम्सले एक–एक गोल गरे।

नेपाल लाइफ

चेल्सीलाई ४–० ले हराउने क्रममा युनाइटेडलाई खेलको १८ औं मिनेटमा रासफोर्डले गोल गर्दै अग्रता दिलाएका थिए। उनले सो गोल पेनाल्टीमार्फत गरेका हुन्।

त्यसपछि पहिलो हाफमा १–० को अग्रता कायम गरेको म्यानचेस्टर युनाइटेडले ३ गोल खेलको दोश्रो हाफमा गर्‍यो। उसका लागि दोश्रो गोल एन्थोनीले खेलको ६५ औं मिनेटमा गर्दा रासफोर्डले ६७ औं मिनेटमा टोलीका लागि तेश्रो गोल गरे।

त्यसपछि युनाइटेडका लागि वैकल्पिक खेलाडीका रूपमा मैदान, छिरेका डानियल जेम्सले ८१ औं मिनेटमा गरे।