प्रिमियर लिगमा लिभरपुलको शानदार सुरुवात, नर्विच सिटी ४–१ ले पराजित

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, साउन २५, २०७६

नेपाटप

काठमाडौं– लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा शानदार सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा नवप्रवेशी क्लब नर्विच सिटीमाथि ४–१ को जित निकाल्दै साविकको उपविजेता लिभरपुलले लिग यात्रा थालनी गरेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा नवप्रवेशी क्लबले एक गोल फर्काएको थियो ।

नर्विचका ग्रान्ट ह्यानको आत्मघातिको गोलमा सातौ मिनेटमा लिभरपुलले अग्रता लिएको थियो । मोहमद सलाहाले १९ औ मिनेटमा गोल गर्दैै लिभरपुलको अग्रता दोब्बर पारे ।

नेपाल लाइफ

भर्जिल भान डाइकले २८ औ मिनेटमा लिभरपुलका लागि तेस्रो गोल गरे । कर्नरबाट आएको बललाई उनले हेडमार्फत पोस्टको दिशा दिएका थिए । डिभोक ओरिगीले ४२ औ मिनेटमा लिभरपुललाई ४–० को स्थितीमा पुर्याएका थिए । ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डको लामो पासलाई सदुपयोग गर्दै ओरिजीले गोल गर्न सफल भएका थिए । ६४ औ मिनेटमा पाहुना टिमका लागि टिमु पुक्कीले गोल गर्दै गोल अन्तरलाई घटाउने काम गरे ।

जितसँगै प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुलले ३ अंक जोडयो । यसै सिजन प्रिमियर लिगका बढुवा भएको नर्विच पहिलो खेलमा अंक जोड्न असफल रह्यो ।