रियलको जितमा हर्जाडको गोल

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, साउन २३, २०७६

नेपाटप

काठमाडौं– इडेन हाजार्डको गोलसँगै स्पेनिस क्लब रियल म्याड्रिडले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा जर्मन क्लब आरबी लाइप्जिगलाई १–० ले पराजित गरेको छ ।

चेल्सी छाडेर रियल पुगेका हाजार्डले खेलको १९ औं मिनेटमा गोल गरेका थिए । काउन्टर अट्याकमा उनले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो ।

नेपाल लाइफ

रियल उनको यो पहिलो गोल हो । प्रशिक्षक जिनेदिन जिदानले फरवार्ड ग्यारेथ बेललाई भने आफ्नो टोलीमा राखेका छैनन् । क्लब व्यवस्थापनले उनलाई कुनै हालतमा क्लब छाड्न नदिने बताइरहेको छ भने जिदानले उनलाई आफ्नो योजनमा नरहेको प्रष्ट पारेका छन् । यस्तै जिदानले हामेस रोड्रीग्वेजलाई पनि खेलाएनन् ।