बार्सिलोनाले लगातार सातौं पटक जित्यो जोन ग्याम्पर ट्रफी

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, साउन २०, २०७६

नेपाटप

काठमाडौंः बार्सिलोनाले लगातार सातौं पटक जोन ग्याम्पर ट्रफी जितेको छ । आइतबार राति घरेलु मैदानमा आर्सनललाई २–१ गोले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो । खेलको ३६ औं मिनेटमा पेरि एम्रिक अबामियाङको गोलबाट आर्सनलले अग्रता लिएको थियो।

आर्सनलले पहिलो हाफमा लिएको एक गोलको अग्रता ६९ औं मिनेटमा गुमायो। आर्सनलका रक्षक ऐन्सले मेटल्यान्ड लायल्सले आत्मघाती गोल गरेपछि बार्सिलोना खेलमा फर्किएको थियो।

नेपाल लाइफ

प्रतिस्पर्धात्मक खेलको निर्धारित समयको अन्तिम मिनेटमा लुइस स्वारेजले गोल गर्दै घरेलु टोलीलाई ४२ औं तथा लगातार सातौं पटक यो उपाधि जिताउन सफल भए।

जोन ग्याम्पर ट्रफी बार्सिलोनाका पूर्व खेलाडी, क्लबका संस्थापक सदस्य तथा अध्यक्षसमेत रहेका जोन ग्याम्परको सम्झनामा खेलाइने खेल हो। बार्सिलोनाले पछिल्लो ५४ वर्षयता प्रत्येक वर्ष एक टोलीलाई आमन्त्रण गरेर प्रतिस्पर्धा गर्ने गरेको छ।