Logo
  • शनिवार, जेठ २४ २०७७Jun 06 2020

images
images

भारतीय क्वारेन्टाइनमा नेपाली ! कस्तो छ अवस्था ?

भारतीय क्वारेन्टाइनमा नेपाली ! कस्तो छ अवस्था ?

  • मिडिया डबली

  • आइतवार, चैत्र २३ २०७६


  • दार्चुला – चीनबाट शुरु भई विश्वभर फैलिएको कोरोनाको चपेटमा दक्षिण एसिया पनि परेपछि नेपाल र भारत दुवै देशहरू लकडाउन गर्न बाध्य भएका छन् । लकडाउनको प्राथमिक असर दुवैतिर दैनिक ज्यालादारीमा काम गर्ने मजदुरमाथि परेको छ । त्यसकारण दुबै देशका मजदुर आ–आफ्ना घर फर्किन चाहिरहेका छन् । तर नेपाल सरकारले सीमा नाकाहरू बन्द गरेपछि कतिपय मजदुरहरू घर फर्किन सकेका छैनन् । नेपालमा कार्यरत भारतीय मजदुरहरू नेपालतिरै फसेका छन् भने भारतमा कार्यरत मजदुरहरू भारततर्फै फसेका छन् । यस्तो अवस्थामा मजदुरको राहतको लागि नेपाल र भारतबीच आपसी सल्लाहमा एकअर्काको नागरिकको खाने बस्ने र स्वास्थ्य सेवाको प्रबन्ध गर्ने सहमति भएको थियो । सहमति पालना गर्न दुवै देशको लागि खासै गाह्रो पनि छैन । किन कि नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध मात्र नभई जनस्तरको सम्बन्ध पनि छ । कूटनीतिले आफ्नो कार्य गरिरहँदा दुवै देशका स्थानीय अधिकारी र स्वास्थ्यकर्मीहरूले पनि एकअर्काको सहयोगमा अहोरात्र खटिरहेका छन् । महाकाली पारि भारतका धार्चुला, पिढौरागढ र दिदिहाट जिल्लाहरूमा बनाइएको १० वटा क्याम्पमा १२ सय ७३ जना नेपाली मजदुर बसिरहेका छन् । उनीहरूलाई भारत सरकारले राम्रो खाना र बासको व्यवस्था गर्नुको साथै काउन्सिलिङको पनि व्यवस्था गरिएको छ । समय–समयमा उनीहरूको स्थास्थ्य परीक्षण पनि गरिँदैछ । धार्चुलाको एक क्याम्पमा बसिरहेका गोविन्द धामी भारत सरकारको प्रबन्धबाट खुशी छन् । उनले त्यहाँको क्याम्पमा राम्रो खाने बस्ने व्यवस्था गरिएका बताए । ‘परिवारभन्दा टाढा बस्नुपरेको दुःख र सिमानाका कहिले खुल्ला भने पर्खाइको बीच भारत सरकारले हाम्रो लागि सुविधासम्पन्न क्याम्पको व्यवस्था गरिदिँदा खुशी छु,’ धामीले भने । धार्चुलास्थित क्याम्पहरूमा नियमित स्वास्थ्य परीक्षण गर्ने गरिएको र कोरोनाबाट बच्ने उचित परामर्शको साथै उनीहरूलाई काउन्सिलिङ पनि गर्ने गरिएको क्याम्पमा अहोरात्र खटिरहेका एक अधिकारीले बताए ।

    आइतवार, चैत्र २३ २०७६०७:१८:५७
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology