Logo
  • शनिवार, जेठ २४ २०७७Jun 06 2020

images
images

पशुपति क्षेत्रमा गरीब सर्वसाधारणलाई निःशुल्क भोजन वितरण, लकडाउनमा राहत

पशुपति क्षेत्रमा गरीब सर्वसाधारणलाई निःशुल्क भोजन वितरण, लकडाउनमा राहत

  • मिडिया डबली

  • आइतवार, चैत्र २३ २०७६


  • काठमाडौं - पशुपति क्षेत्र परिसरमा लकडाउनका बेला गरीब सर्वसाधारणलाई लक्षित गरी निःशुल्क भोजन वितरण भइरहेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन घोषणा गरेपछि १ हप्ताअघि शनिवारदेखि दिनदिनै निःशुल्क भोजन वितरण भइरहेको छ । पशुपति परिसरको सुमार्गी भवनमा हरेक दिन बिहान ११ बजेदेखि २ बजेसम्म भोजन वितरण भइरहेको नेपाल मानव धर्म सेवा समिति युवा संगठन केन्द्रीय संयोजक नविन कोइरालाले जानकारी दिए । ‘पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, विभिन्न सामाजिक, धार्मिक संघसंस्थाका सदस्यले व्यक्तिगत रुपमा सहयोग गरेर भोजन वितरण भइरहेको छ,’ कोइरालाले भने, ‘भोजन वितरणबाट पशुपति गौशाला क्षेत्र आसपासका सडक मानव, साधुसन्यासी, बेसहारा, असहाय, दैनिक ज्यालादारी काम गर्ने मजदुर र लकडाउनले घर फर्किन नसकेकाहरू लाभान्वित भइरहेका छन् ।’ दैनिक रुपमा लगभग ४०० जनाले भोजन ग्रहण गर्ने गरेको कोइरालाले बताए । भोजन वितरणका लागि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, परिषद् सदस्य सदस्य राजु खत्री, नेपाल मानव धर्म सेवा समिति युवा संगठन केन्द्रीय संयोजक नविन कोइराला र सुमार्गी भवन सञ्चालक सुनिल वैजले संयोजन गरिरहेका छन् । व्यक्तिगत र जिन्सी सहयोगबाट चामलदाल लगायतको व्यवस्थापन भइरहेको छ भने तरकारीमा कालिमाटी तरकारी बजारका व्यवसायी र पशुपति एग्रोभेटले सहयोग गरिरहेको कोइरालाले बताए । भोजन वितरण व्यवस्थापनमा सिर्जनशील युवा क्लब र विजयचोक युवा क्लबका २०–२२ जना स्वयंसेवक परिचालन भएका छन् । ‘स्वयंसेवकले लाइन व्यवस्थापन, हातधुने, लाइकमा राख्ने, कुर्सी ३–४ फिटको दूरीमा राख्ने, सरसफाई गर्ने, खाना खाएको थाललाई डेढ–दुई घण्टा घाममा सुकाउने लगायत सेवा गर्छन्,’ कोइरालाले भने, ‘लकडाउन अवधिसम्म भोजन वितरण गर्ने योजना छ । हामीले नगद सहयोग कसैबाट नलिने भनेका छौं । सहयोग गर्न चाहनेले खाद्यवस्तु सहयोग गरिरहेका छन् ।’

    आइतवार, चैत्र २३ २०७६०८:५८:२१
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology