Logo
  • शनिवार, जेठ २४ २०७७Jun 06 2020

images
images

कांग्रेस नेता खतिवडाले गरे १० वटा घरपरिवारलाई खाद्यान्न सहयोग

कांग्रेस नेता खतिवडाले गरे १० वटा घरपरिवारलाई खाद्यान्न सहयोग

  • मिडिया डबली

  • आइतवार, चैत्र २३ २०७६


  • काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवं पूर्व सांसद रामहरि खतिवडाले ओखलढुंगा घर भइ काठमाडौंमा बस्दै आएका अति निम्न वर्गका १० घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन् । ओखलढुंगा घर भई काठमाडौंको हाँडीगाउँमा दैनिक मजदुरी र रोजगारी गर्दै आएका १० जनाको परिवारलाई खतिवडाले शनिवार खाद्यान्न सामग्री वितरण गरेका हुन् । खतिवडाले चामल, दाल, साबुन, तेल लगायतका खाद्य सामग्री उपलब्ध गराएका हुन् । ओखलढुंगाको लिखु गाउँपालिका–९ पोकली घए भइ हाँडीगाउँ बस्दै आएका नेत्र बराल, रण बराल, महेश बराल, रमा बराल, मीठू बराल, मनकुमारी बराल, रीता बराल, शुदर भुजेल, नवीन ढुंगेल र मौसम पौडेललाई खाद्य सामग्री वितरण गरेका हुन् । खतिवडाले लकडाउनका कारण काठमाडौंमा समस्यामा परेका गृहजिल्ला ओखलढुंगाका सर्वसाधारणलाई आफूले सकेको सानो सहयोग गरेको बताए । ‘ओखलढुंगा घर भइ काठमाडौंमा दैनिक मजदुरी गर्दै आएका सर्वसाधारणले मलाई सम्झिएर सहायताका लागि आग्रह गर्नुभयो,’ खतिवडाले भने, ‘मैले व्यक्तिगत रुपमा सक्ने सहयोग गरेको छ ।’ खाद्य सामग्री सहयोग पाएपछि पीडितहरूले कांग्रेस नेता खतिवडालाई धन्यवाद दिएका छन् ।

    आइतवार, चैत्र २३ २०७६०६:४७:०९
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology