मध्यराति केपी ओलीको मुटुमा समस्या, अकस्मात लगियो अस्पताल !

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, चैत्र १४, २०७६
फाइल फोटो

नेपाटप

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखिएपछि बिहीबार राति नै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छ ।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्यसिंह शाहले ओलीको मुटुको चाल केही बढेको देखिएपछि राति नै अस्पताल लगिएको बताएकी छन् । डा. शाहको अनुसार हाल प्रधानमन्त्रीलाई अब्जर्भेसनमा राखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नेपाल लाइफ

’उहाँको स्वास्थ्य अहिले ठीक छ । राति हार्ट रेट बढेको देखेर हामीले अस्पताल ल्याएका थियौं । उहाँको यो पुरानै समस्या हो । कोरोनाको प्रकोप भएको बेलामा जोखिम नहोस् भनेर मात्रै अस्पताल ल्याइएको हो,’ डा. शाहले भनिन्, ’अहिले केहीबेरमा डिस्चार्ज गर्छौं र बालुवाटार लान्छौं ।’

प्रधानमन्त्री ओलीको शिक्षण अस्पतालमा फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गाैला प्रत्यारोपणपछि ओली फागुन ३० गते अस्पतालबाट डिस्चार्ज भएर बालुवाटार फर्केका थिए ।