केपी ओलीले ‘लकडाउन’लाई अनिश्चितकालसम्म लम्ब्याएका हुन् ?

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, चैत्र १३, २०७६

नेपाटप

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार एउटा ट्विट गरे । जसमा लेखिएको छ – म पनि घरमै बसेको छु, तपाईं पनि घरमै बसिदिनुस् ।

नेपाली नागरिकलाई घरमै बस्न आग्रह गरिएको ट्विटमा लेखिएको छ – अर्काे घोषणा नभएसम्म ।

नेपाल लाइफ

मन्त्रिपरिषद् बैठकले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म एक हप्ता लकडाउन घोषणा गरेको थियो । तर ओलीले बुधबार गरेको ट्विटमा लकडाउनलाई अनिश्चिकालीन गरिएको संकेत गरिएको छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण अन्त्य नहुँदासम्म सरकारले लकडाउनको अवधि लम्ब्याउन सक्छ । प्रधानमन्त्री ओलीको ट्विटले पनि त्यहीँ संकेत गरेको छ । अर्काे घोषणा नहुँदासम्म घरभित्र बसिदिनुस् भन्नुको अर्थ कोरोना भाइरसको संक्रमण अन्त्य नभएसम्म लकडाउन लम्बिने देखिएको छ ।

प्रधानमन्त्री ओलीले ट्विटमा लेखेका छन्, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईंहरू पनि घरमै बस्नुहोस्, अर्काे घोषणा नभएसम्म ।’