मेलम्चीमा झण्डै २८ अर्ब सकिएपछि बिना मगरले गरिन् यस्तो घोषणा !

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, फाल्गुन १, २०७६

नेपाटप

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौंको प्यास मेट्ने प्रचार वर्षाैदेखि भएपनि जनताले खानेपानी पाएका छैनन् ।

कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री बनेकी नेकपा अध्यक्ष प्रचण्डकी बुहारी बिना मगरले मन्त्री भएपछि दशैंअघि नै मेलम्चीको पानी काठमाडौं आउने घोषणा गरिन् ।

नेपाल लाइफ

मन्त्री मगरको घोषणा अनुसार त्यो दशैमा त खानेपानी आएन नै अर्काे दशैं समेत त्यतिकै बितेको छ । मेलम्ची आयोजनामा हालसम्म झण्डै २८ अर्ब अर्थात् २७ अर्ब ९४ करोड रुपैयाँ खर्च भएको छ । अहिले आएर मन्त्री बिना मगरले अर्काे घोषणा गरेकी छन् ।

मन्त्री मगरले बिहीबार आयोजनाबारे स्वेतपत्र जारी गर्दै आगामी असार मसान्तभित्र मेलम्चीको पानी काठमाडौं ल्याएर जनतामा देखिएको निराशाको अन्त्य गर्ने घोषणा गरेकी छन् ।

‘असार मसान्तभित्र सम्पन्न गर्ने स्पीडमा मेलम्ची आयोजना, ठेकेदार कम्पनी, कन्सल्ट्यान्ट लगायतका सम्पूर्ण टीमहरू लागिराखेका छौं । यसले स्वाभाविक रुपमा पटक–पटक पार्दै आएको निराशाको अन्त्यको हामी नजिक छौं भन्ने भाव आजको स्वेतपत्रको हो,’ मन्त्री मगरले भनिन् ।

कार्यक्रममा मेलम्ची खानेपानी अयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले आयोजनाको ड्याम असारसम्म सम्पन्न नहुने भएकाले तत्काल वैकल्पिक ड्यामबाट पानी ल्याउने बताएका छन् ।

आयोजनामा हालसम्म ९५ प्रतिशत भौतिक प्रगति भएको पत्रकार सम्मेलनमा जनाइएको छ । मेलम्चीको कामबाट इटलियन कम्पनी सीएमसीले हात झिकेपछि चिनियाँ कम्पनी सिनो हाइड्रोसँग नयाँ सम्झौता गरेर काम भइरहेको छ ।