विजयकुमार गच्छदारमाथि अर्काे प्रहार ! यस्तो आयो सूचना

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, माघ २४, २०७६

नेपाटप

काठमाडौं – कम्युनिस्ट सरकारको इशारामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दामा फसाएको भन्दै कांग्रेस आन्दोलित भइरहेका बेला उनीमाथि अर्काे प्रहार भएको छ ।

भ्रष्टाचार मुद्दालाई नै आधार बनाएर संघीय संसद सचिवालयले प्रतिनिधिसभा सदस्य विजयकुमार गच्छदार स्वतः निलम्बन भएको सूचना प्रकाशित गरेको छ ।

नेपाल लाइफ

संसद सचिवालयका निमित्त महासचिव गोपालनाथ योगीले सार्वजनिक सूचना जारी गर्दै अख्तियारबाट प्राप्त भ्रष्टाचार मुद्दा सम्बन्धीको पत्र अनुसार गच्छदारको सांसद पद निलम्बन भएको जनाएका छन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम माघ २२ गतेदेखि सांसद गच्छदार स्वतः निलम्बन भएका सूचनामा सचिवालयले जारी गरेको छ ।

बालुवाटारको ललिता निवास क्याम्प भित्रको सरकारी, सार्वजनिक जग्गा गैरकानूनी रुपमा व्यक्ति तथा संस्था विशेषको नाममा कायम गरी हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि गच्छदार सांसद पदबाट स्वतः निलम्बन भएका हुन् ।

पदबाट निलम्बन भएपछि अब गच्छदार सांसदको रुपमा संसद भवनमा जान र अन्य सेवासुविधा लिनबाट वञ्चित हुने भएका छन् ।

हेर्नुस् यस्तो छ सूचना