बालुवाटार जग्गा घोटालाका मुख्य आरोपीको घरमा बम विस्फोट

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, माघ १, २०७६
प्रतिकात्मक तस्वीर

नेपाटप

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, ललिता निवासको जग्गा घोटाला प्रकरणमा मुछिएका मुख्य आरोपी शोभाकान्त ढकालको घरमा बम विस्फोट गरिएको छ ।

काठमाडौंको सानो भर्‍याङस्थित ढकालको घरमा केहीबेरअघि बम विस्फोट भएको हो । विस्फोटपछि घटनास्थलमा प्रहरी गइसकेको छ ।

नेपाल लाइफ

बम विस्फोटबाट ढकालको कारमा क्षति पुगेको प्रहरी स्रोतले जनाएको छ । विस्फोट विप्लव नेकपाले गराएको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।