भोलि मन्त्रीहरूलाई हटाउने ओलीको घोषणा, हटाउनुअघि केपी ओलीले गरे भेट !

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, मंसिर ३, २०७६

नेपाटप

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई हटाउनुअघि मन्त्रिपरिषद् बैठकमा मन्त्रीका रुपमा अन्तिम भेट गरेका छन् ।

बैठकमा भोलि बुधवार मन्त्रिपरिषद् पुनर्गठन हुने औपचारिक जानकारी दिँदै प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई औपचारिक कार्यक्रममा नजान उर्दी जारी गरेका छन् ।

नेपाल लाइफ

मन्त्रिपरिषद्को बैठक राखेर मंगलबार ओलीले भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । ‘भोलि (बुधबार) मन्त्रिपरिषद् पुनर्गठन गर्छु होला । कोही दोहोरिनुहोला, कोही बाहिरिनुहोला,’ बैठकमा ओलीले भने, ‘कसैले पनि अन्यथा नलिनुहोला ।’

प्रधानमन्त्री ओलीले सोमवार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका थिए । ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा अनिर्णित भएपछि पुनर्गठन लम्बिएको थियो ।

ओलीले मन्त्रीहरूलाई नै बुधबार मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी दिएपछि हट्ने चर्चामा रहेका मन्त्रीहरू आत्तिएका छन् ।