प्रचण्डका पूर्व बडीगार्डको घेराभित्र यस्तो अत्याचार ! सैनिक जवानको मृत्यु भएपछि बबाल

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, मंसिर १, २०७६

नेपाटप

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्व बडीगार्ड एसपी दानबहादुर मल्ल हाल जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुख छन् ।

मल्ल प्रहरी प्रमुख रहेको सुरक्षा घेराभित्र एक जना सैनिकको मृत्यु भएपछि चितवनमा बबाल मच्चिएको छ ।

नेपाल लाइफ

प्रहरीले पक्राउ गरेका सैनिक जवान २८ वर्षीय राम कँडेलको हिरासतमै मृत्यु भएपछि चितवनको इच्छाकामना गाउँपालिका–३ मा स्थानीय वासिन्दाले पृथ्वी राजमार्ग बन्द गरेका छन् । आईतबार दिउँसो १२ बजेपछि राजमार्गमा उत्रिएर स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।

इच्छाकामना गाउँपालिका–५ मुग्लिन घर भएका नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत जवान २८ वर्षीय राम कँडेलको प्रहरी हिरासतमै मृत्यु भएको हो ।

सडक अवरुद्ध हुँदा राजधानी काठमाडौं जाने र काठमाडौंबाट देशका विभिन्न भागमा जाने सवारीसाधन बाटोमा नै रोकिएका चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले बताए । शनिबार राति इच्छाकामना मन्दिरमा लागेको मेलामा अभद्र व्यवहार गरेपछि प्रहरीले कँडेललाई पक्राउ गरेको थियो । अस्थायी प्रहरी पोस्ट फिस्लिङमा राखिएका कँडेलले भाग्ने क्रममा ठाउँ मेसो नपाउँदा घाइते भएका चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताएका छन् ।

घाइते कँडेललाई उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कँडेलको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

एससी मल्लले सैनिक जवान कँडेलले जात्रामा होहल्ला गरेपछि प्रहरीले सम्झाउँदा प्रहरीमाथि नै कुटपिट गर्दा पक्राउ गरिएको बताए । ‘मदिरा सेवन गरेर मात्तिँदै आएका थिए । अरुमाथि अभद्र व्यवहार गर्न खोजेपछि प्रहरीले सम्झाउँदा उल्टै प्रहरीमाथि नै हातपात र कुटपिट गरे । सार्वजनिक ठाउँमा म सेनाको मान्छे हुँ भन्दै प्रहरीलाई कुट्न थालेपछि हामीले नियन्त्रणमा लिएर प्रहरी पोस्टभित्र ल्याएका हौं,’ एसपी मल्लले भने ।

प्रहरी नियन्त्रणबाट प्रहरीलाई छक्काएर भाग्न खोज्दा कँडेल भीरबाट लडेर घाइते भएका एसपी मल्लले बताएका छन् । स्थानीय वासिन्दाले भने कँडेलको मृत्यु प्रहरीको कुटपिटबाट भएको भन्दै विरोध जनाएका छन् ।