Logo
  • आइतवार, जेठ २५ २०७७Jun 07 2020

images
images

राहत माग्नेहरूमाथि कम्युनिस्ट वडाध्यक्षले गोली चलाउँदा गम्भीर घाइते, यसरी भयो झडप !

राहत माग्नेहरूमाथि कम्युनिस्ट वडाध्यक्षले गोली चलाउँदा गम्भीर घाइते, यसरी भयो झडप !

  • मिडिया डबली

  • शुक्रवार, जेठ ९ २०७७


  • राहत माग्नेहरूमाथि कम्युनिस्ट वडाध्यक्षले गोली चलाउँदा गम्भीर घाइते, यसरी भयो झडप !

    काठमाडौं – सिरहाको नरहा गाउँपालिकाकामा राहत माग्न वडा कार्यालय पुगेका व्यक्तिमाथि गोली प्रहार भएको छ ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित भएका वडाध्यक्षले आफ्ना कार्यकर्तालाई मात्रै राहत बाँडेको भन्दै कांग्रेस र समाजवादीका कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि गोली चलाइएको हो ।

    images

    राहत माग्नेहरूमाथि नेकपाका वडाध्यक्ष पक्षले गोली चलाएको स्थानीयको आरोप छ । नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादवले राहतको विषयमा आफ्ना वडाध्यक्षमाथि कांग्रेस र समाजवादीका कार्यकर्ताले आक्रमण गरेपछि गोली चलेको बताएका छन् ।

    गोली लागेर नरहा गाउँपालिकाका ५५ वर्षीय अख्तर मण्डल गम्भीर घाइते भएको सिरहा प्रहरीले जनाएको छ । उनीसँगै गम्भीर घाइते ३ जनालाई उपचारका लागि विराटनगर लगिएको छ ।

    गोली चलेपछि भएको झडपमा दुवै पक्षका करीब डेढ दर्जन घाइते भएका सिरहाका प्रहरी प्रवक्ता डीएसपी विनोद घिमिरेले बताएका छन् ।

    शुक्रवार, जेठ ९ २०७७०८:३२:४६

    मिडिया डबली

    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology