शाहीले ‘प्रधानमन्त्रीज्यु’ आउनुस मेरो स्कुटीको पछाडि बस्नुस् भनेपछि उथलपुथल

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, असार १९, २०७६

नेपाटप

काठमाडौँ- प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई आफ्नो स्कुटीको पछाडि बसेर वनस्थलीसम्म यात्रा गर्न आह्वान गरेकी छिन् । प्रधानमन्त्री ओलीले अब काठमाडौंमा माक्स लगाएर हिँड्नु नपर्ने अभिव्यक्ति केही दिनअघि एक सार्वजनिक कार्यक्रममा दिएका थिए ।

प्रधानमन्त्री ओलीको सोही अभिव्यक्तिलाई लिएर सांसद शाहीले काठमाडौंको वास्तविक अवस्था बुझ्न आफ्नो स्कुटीको पछि बसेर वनस्थलीसम्म यात्रा गर्न आग्रह गरेकी हुन् ।

नेपाल लाइफ

सांसद शाहीले बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा यस्तो आग्रह गरेकी हुन् । सो अवसरमा सांसद शाहीले भनिन्, ‘प्रधानमनत्रीज्यू, आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस्, वनस्थलीसम्म जाऊँ । मास्क लगाउनुपर्छ कि पर्दैन अनि हेरौँ ।’