लकडाउन भर इटहरी कांग्रेसले विपन्नलाई खाना खुवाउने, चौतर्फी प्रशंसा

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, चैत्र १४, २०७६

नेपाटप

इटहरी– इटहरी कांग्रेसले लकडाउनमा विपन्नलाई खान खुवाउने भएको छ। त्यसका लागि अति विपन्न परिवारलाई खाद्यन्न बाँड्ने तयारी भएको छ। दैनिक ज्यालादारी र मजदुरहरुलाई समस्या हुने भएको भन्दै कांग्रेस इटहरीले चामल दिने भएको हो।

नेपाली काग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले ५ सदस्यीय लगत रिर्पोट समिति समेत बनाएका छन्। विपन्न परिवारलाई चामल बाढ्ने पौडेलले बताए ।

नेपाल लाइफ

हामी विपन्नको घर घरमा चामल पुराउने छौ सभापति पौडेलले भने । समितिमा सहसभापति कोवित कार्की,मिलन त्रिताल,सुमित थापा,विक्रम घिमिरे,देवराज थापालाई जिम्मेवारी दिएको छ । अहिले काग्रेसका २० वटै वटा वडाअध्यक्ष मार्फत विपन्न परिवारको तथ्याक संकलन थालिएको छ।