कोरोना रोकथाम कोषमा कांग्रेस सांसदले १५ दिनको तलब दिने, चौतर्फी खुसियाली

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, चैत्र ११, २०७६

नेपाटप

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकारले स्थापना गरेको कोरोना भाइरस, संक्रमण रोकथाम नियन्त्रण उपचार कोषमा १५ दिनको तलब बराबरको रकम दिने घोषणा गरेका छन्।

प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदको १५ दिन बारबारको तलब कोषमा दिने निर्णय गरिएको छ।

नेपाल लाइफ

कांग्रेसले सरकारले सरकारले एक साताका लागि गरेको लकडाउनको निर्णय पूर्णरुपमा पालना गर्न सबैलाई आग्रह समेत गरेको छ। यस्तै श्रम गरेर दैनिक जीवन निर्वाह गर्ने श्रमिकहरुलाई जीवन यापन गर्न कठिनाइ हुने भन्दै उनीहरुका लागि सजहरुपमा खाद्यन्न उपलब्ध गराउन सरकारसँग माग समेत गरेको छ।