नेपालभर लकडाउन, घर बाहिर निस्कन निषेध

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, चैत्र १०, २०७६

नेपाटप

काठमाडौं – सरकारले भोलि मंगलबारदेखि घर बाहिर निस्कन रोक लगाउने गरी लकडाउन गरेको छ ।

काठमाडौंमा कोरोना भाइरसको संक्रमण भेटिएलगतै सरकारले देशलाई नै पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो ।

नेपाल लाइफ

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमवार बसेको बैठक भोलि मंगलबार बिहान ६ बजेदेखि १ सातासम्म घरबाट बाहिर निस्कन रोक लगाएको छ ।

खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्ने गाडीबाहेक अरु सवारीसाधन चलाउने नपाइने निर्णय भएको छ ।