तरुणद्वारा गोकुललाई प्रवेश निषेध, टोल निकालाको मागसहित बालकोटमा प्रदर्शन

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, फाल्गुन १५, २०७६

नेपाटप

काठमाडौं – नेपाल तरुण दल सूर्यविनायक नगर समिति, भक्तपुरले ७० करोड काण्डमा मुछिएका गोकुल बास्कोटालाई प्रवेश निषेधको माग गर्दै कार्यक्रमहरू गरेको छ ।

तरुण दल सूर्यविनायक नगर समितिका अध्यक्ष उमेश अधिकारीको नेतृत्वमा ‘भ्रस्टाचार’को आरोप लागेका गोकुल बस्कोटालाई बालकोटमा प्रवेश निषेधको माग राखेर बुधबार प्रदर्शन गरिएको हो ।

नेपाल लाइफ

तरुण नेता तथा कार्यकर्ताहरूले बालकोट क्षेत्रमा गोकुल बास्कोटालाई प्रवेश निषेधभन्दै सडकका विभिन्न स्थानमा ब्यानर समेत राखेको नगर अध्यक्ष अधिकारीले बताए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड रुपियाँ कमिशन माग गरेको अडियो रेकर्ड लिक भएपछि गोकुल बास्कोटाले मन्त्री पद गुमाउनु परेको थियो ।

गोकुल बास्कोटा नेकपाका अध्यक्ष समेत रहेका कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको निवासमा बस्दै आएका छन् । गोकुल बास्कोटा ओलीका अत्यन्तै निकटका व्यक्ति मानिन्छन् ।